ताजा अपडेटः

नागरिकले देखेका सपना र अपेक्षाहरु पूरा गर्ने दिशामा राजनीति गतिशील हुनेः प्रधानमन्त्री प्रचण्ड

कल्पना खरेल
नागरिकले देखेका सपना र अपेक्षाहरु पूरा गर्ने दिशामा राजनीति गतिशील हुनेः प्रधानमन्त्री प्रचण्ड प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार १२:२९

 

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले इतिहासले नै सम्झिनेगरी साहसिक र जनपक्षीय कामहरु अघि बढाइरहेको दाबी गर्नुभएको छ ।
आज पार्टी केन्द्रीय कार्यालयमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को शुभारम्भ गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू नेतृत्वमा रहेको सरकारले सामाजिक न्यायको प्रत्याभूति, सुशासन, सार्वजनिक सेवा, प्रवाहमा नागरिकको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै काम गरिरहेको बताउनु भएको हो ।
यस्तै, एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामहरुले नागरिकमा राजनीति र व्यवस्थाप्रतिको निराशालाई चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको दाबी गर्नुभयो । उहाँले आफैँले गरेका राम्रा काम पनि नागरिकसम्म पुर्याउन नसकेका गुनासो गर्दै यो अभियानले सरकारका तर्फबाट भइरहेका जनपक्षीय कामहरुलाई समेत नागरिकमा सम्प्रेषण गर्दै सरकार र नागरिकबीच सम्बन्ध विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले नागरिकले देखेका सपना, अपेक्षा पूरा गर्ने दिशामा राजनीति गतिशील हुने बताउनु भयो । उहाँले नेपालको राजनीतिक आन्दोलन नयाँ चरणमा प्रवेश गरेको बताउदै भर्चुअल माध्यमबाट देशभर अभियानको उद्घाटन गर्नुभएको हो ।




Ads