ताजा अपडेटः

पश्चिम नवलपरासीमा कार दुर्घटना

पश्चिम नवलपरासीमा कार दुर्घटना प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार ०६:३१

कल्पना खरेल,नवलपरासी । गएराती अं. ८:५० बजे पश्चिम  नवलपरासीकाे रामग्राम न.पा- १२ शान्तीचौर स्थित परासी-भुमही सडक खण्डमा भुमहीबाट परासी तर्फ आउदै गरेको कार आफै अनियन्त्रित भई दुर्घटना भएकाे छ ।
बाटोको बिचमा राखेको डिभाडरमा ठोक्कीन गइ पल्टिदा कारमा सवार  ४ जना घाईते भई उपचारको लागी जिल्ला अस्पताल परासी ल्याइएको थियाे  ।
दुर्घटनामा परी घाइते हुनेहरूमा कार चालक पश्चिम नवलपरासीको  सुनवल न.पा. ११ केरवानी बस्ने बर्ष अं.४५ को यज्ञ प्रसाद चौधरी, दाहिने हातमा चोट, अवस्था मध्यम , सोही कारमा सवार धादिङ निलकण्ठ न.पा.१ झुसेलि बस्ने बर्ष अं. २५ को टिकाराम गुरुङको गालामा चोट, अवस्था सामान्य ,धादिङ  टाउले बस्ने बर्ष अं.३२ को डिल माया तामाङ बाहिरी चोटपटक नभएको अवस्था  सामान्य र ति महिलाको छोरी  अं.१० महिना की अहाना तामङको बाहिरी चोटपटक नभएको ,अवस्था सामान्य रहेकाे प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।
सबै घाइतेहरु सामान्य उपचार पश्चात्  हिजो नै डिष्चार्ज भएको छ । जि प्र का. बाट प्र.ना.नि. संतोष ज्ञवालीको कमाण्डमा ७ जनाको टोली घटनास्थल पुगि कारलाई घटनास्थलबाट उठाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र दुर्घटनाका विषयमा थप अनुसन्धान भैरहेकाे समेत डिएसपी पाण्डेले बताउनुभयाे ।



Ads