ताजा अपडेटः

सांसद चौधरीको पहलमा प्रतापपुर गाउँपालिकाको नयाँ भवन बन्ने

सांसद चौधरीको पहलमा प्रतापपुर गाउँपालिकाको नयाँ भवन बन्ने प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार १८:१६

नवलपरासी । नवलपरासी पश्चिम क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीको विशेष पहलमा प्रतापपुर गाउँपालिकाको मुख्य प्रशासकीय भवन निर्माणका लागि सरकारले जग्गा उपयोग गर्न स्विकृती दिएको छ । यो निर्णयसँगै प्रतापपुर गाउँपालिकाको छुट्टै भवन निर्माण भई सेवाग्राहीलाई सजिलो हुनेछ ।
हाल पश्चिम नवलपरासीको विभिन्न गाउंपालिकाहरुले पुराना साविकको गाविस भवन अथवा भाडाको भवनमा पालिका संचालन गर्दै आएका छन् ।
नयाँ भवन निर्माणका लागि गाउँपालिकाका प्रमुख उमेश यादव र स्थानीय जनप्रतिनिधीहरूले पहल गर्दै आएका थिए ।
नवलपरासी (ब.सु.प.) को प्रतापपुर हेल्थपोस्टको नाममा रहेको जग्गा प्रतापपुर गाउँपालिकालाई प्रशासकीय भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय भएको हो । यस निर्णयले स्थानीयवासी खुसी भएका छन् ।
यस निर्णयका लागि सांसद चौधरीले सरकारसमक्ष विशेष भुभिका निर्वाह गरेका थिए । आफ्नो निर्वाचन क्षेत्रका सबै पालिकालाई व्यवस्थित गर्ने योजना अनुसार उनले यस्तो पहल गरेका थिए । सांसद चौधरीले स्थानीय नागरिकलाई विना झन्झट स्थानीय निकायबाट सेवा पाउँने वातावरण बनाउन पालिकाहरुलाई आग्रह गर्नुका साथै नागरिकले पाउँने सेवाको अनुगमनको व्यवस्था मिलाएका छन् ।
सांसद चौधरीले यस निर्णयका लागि नेपाल सरकार र सम्वन्धित मन्त्रालयलाई धन्यवाद दिएका छन् ।
सांसद चौधरीका अनुसार सबैको प्रयासबाट गाउंपालिकाको भवन निर्माण अगाडि बढ्नेछ । विकासका लागि सबैले हातेमालो गरौं आफुसमेत सो कार्यमा एक जिम्मेवार जनप्रतिनिधिको रुपमा लागीराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।



Ads