ताजा अपडेटः

आफ्नै घरमा पासाे लगाएर एक  व्यक्तिले गरे आत्महत्या

आफ्नै घरमा पासाे लगाएर एक  व्यक्तिले गरे आत्महत्या प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार १६:०५

कल्पना खरेल, नवलपरासी । आज पश्चिम नवलपरासीकाे बर्दघाट न.पा. १६ शितलनगर बस्ने ६६ बर्षका गोरे गिरीले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका छन् ।
उनले बिहान अन्दाजी ११:४५ बजे खपटाले छाएको एक तल्ले कच्ची घर भित्र काठको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डीएका हुन् ।
स्थानियले उनलाई झुन्डिएको अबस्थामा देखेपछि दिउँसो  १२:३० बजे ईलाका प्रहरी कार्यालय सेमरीमा जानकारी गराएका थिए ।
तत्काल प्र.ना.नि. गोकर्ण चौहानको कमाण्डमा ४ जनाको प्रहरी टोली खटि गई घटना स्थल सुरक्षित राखि थप अनुसन्धानको लागी  ई.प्र.का. बर्दघाटबाट प्र.नि. भिम बहादुर कार्की को कमाण्डमा SOCO सहितको  टोली खटि गई आवश्यक अनुसन्धान भैरहेको छ  ।
मृतक गिरीकाे घरमा  श्रीमान र श्रीमती मात्रै बस्ने आएकाे र भएका २ छाेराहरूमा १ छोरा छट्टै गाउँमा बस्ने र १ छोरा बिदेश बस्ने गरेको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभयाे ।



Ads