ताजा अपडेटः

मोबाइल खेलाउन दिई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

मोबाइल खेलाउन दिई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ प्रकाशित मिति: ८ बैशाख २०७९, बिहीबार १५:४६

बैशाख ८,काठमाडौं । नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका–२८ हरिसिद्धी बस्ने बारा निजगढ नगरपालिका–७ घर भएका २८ वर्षीय राजेन्द्र घिमिरे लाई पक्राउ गरेको हो ।
घिमिरेले ९ वर्षीया बालिकालाई आफ्नो कोठामा लगि मोबाइल खेलाउन दिई बाल यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



Ads