ताजा अपडेटः

साकुरा वोर्डिङ्ग स्कुल कक्षा १२ काे नतिजामा  जिल्ला प्रथम

कल्पना खरेल
साकुरा वोर्डिङ्ग स्कुल कक्षा १२ काे नतिजामा  जिल्ला प्रथम प्रकाशित मिति: August 16th, 2023

कल्पना खरेल,नवलपरासी ।   कक्षा १२ को नतिजामा पश्चिम नवलपरासी स्थित  साकुरा मेमोरियल इंलिस सेकेण्डरी स्कुल जिल्ला प्रथम भएकाे छ ।
मंगलवार प्रकाशित २०७९ को नतिजामा  म्यानेजमेन्ट संकायकी विद्यार्थी  रानाले ३ दशमलव ७७ जिपिए ल्याई जिल्ला प्रथम भएकाे विद्यालयकाे दावी छ ।
त्यसैगरी सोहि विद्यालयबाटै साईन्स तर्फ अनिस भर ३.६६ जिपिए ल्याई  जिल्ला प्रथम भएको विद्यालयका प्रिन्सिपल सुमित पाठकले बताएका छन् ।
पर्वतको हुवासबाट SEE मा ३.९५ जिपिए ल्याएकी झरना राना +2 अध्ययनका लागि  साकुरा मेमोरियल इंलिस सेकेण्डरी स्कुल आएकी थिइन् भने अनिस भर साेहि स्कुलबाट SEE पास गरेका थिए ।
राना र भर भन्छन्  याे सफलताले अझ केही गर्ने हाैसला मिलेकाे छ , विद्यालयकाे साथ, अभिभावककाे माया  र आफ्नाे निरन्तरकाे मेहनत भए सफलता हासिल गर्न सकिन्छ ।
झरना राना स्वदेशमै आफ्नाे पढाइलाई निरन्तरता दिने बताउन्छिन् भने अनिष भर अबको अध्ययन देश बाहिर गर्ने  बनाएका छन् ।
यस विद्यालयबाट कुल १३८ जनाले कक्षा १२ को परिक्षा दिएकाेमा ३ जनाले ए प्लस, १३ जनाले ए, ३४ ले वि प्लस, २७ जनाले वि,  ११ सि प्लस र १ जना डि  ल्याई उत्तीर्ण भएकाे विद्यालयले जनाएकाे छ ।




Ads