ताजा अपडेटः

जङ्गली च्याउ सेवनले एकै घरका ४ जना बिरामी

कल्पना खरेल
जङ्गली च्याउ सेवनले एकै घरका ४ जना बिरामी प्रकाशित मिति: August 15th, 2023

कल्पना खरेल,नवलपरासी । साेमवार साझँ ७ बजे जङ्गली च्याउ सेवन गर्दा  पश्चिम नवलपरासीकाे बर्दघाट न.पा.१४ आवासटाेल बस्ने वर्मा लाेहारका ४ सन्तान बिरामी परेका छन् ।
जङ्गली च्याउकाे सेवनले वर्माका छाेरीहरू अन्दाजी  १५ वर्षकी छाेरी अनुपा लोहार , बर्ष ११ कि आचल लोहार ,बर्ष अन्दाजी ९ कि अनु लोहार र एक १३ बर्षका छाेरा किसन लोहार बिरामी  परेका हुन् ।
उनीहरूलाई उपचारको लागी सहिद स्मृती सामुदायिक अस्पताल चौपत्ता ल्याई उपचार भईरहेको र अबस्था सामान्य रहेकाे अस्पतालले जनाएकाे छ ।
घटनाको खबर पाउना साथ इलाका प्रहरी  कार्यालय सेमरी बाट प्र.ना.नि.गोकर्ण चौहानको कमाण्डमा टोली  पुगेककाे थियाे । अहिले उनीहरूकाे अवस्था सामान्य रहेकाे र कस्ताे  प्रकारको च्याउ  सेवन गरे भन्ने कुरा खुल्न नसकेको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज  पाण्डेले बताउनुभएकाे छ ।




Ads