ताजा अपडेटः

जिसनद्धारा आयोजित हाजिरी जवाफ प्रतियोगितामा  न्यु लिटिल बुद्ध सुस्ता प्रथम

जिसनद्धारा आयोजित हाजिरी जवाफ प्रतियोगितामा  न्यु लिटिल बुद्ध सुस्ता प्रथम प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार २१:२४

कल्पना खरेल,नवलपरासी । शैक्षिक एक्कबद्वताकाे समूह जिसन नवलपरासीले आयोजनामा गरेकाे हाजिरी जवाफ प्रतियोगितामा न्यू लिटिल बुद्व सुस्ता प्रथम भएको छ । सुनवलमा आयाेजित  उक्त हाजिरी जवाफ प्रतियोगितामा निकैनै चुनाैतीका बाबजुद  सिद्धार्थ सिसुसदन सेकेण्डरी स्कुल सुनवललाई फाइनलमा हराउदै न्यू लिटिल बुद्व प्रथम भएकाे हाे ।
जिल्लाका जिसनमा आवद्व २६ विद्यालयकाे सहभागीता रहेकाे उक्त प्रतियोगितामा लिखित र माैखिक प्रकृयाबाट  ८ विद्यालय फाइनलमा प्रवेश गरेका थिए ।
नयाँ साेच सगै विद्यार्थीकाे बाैद्विक क्षमता देखि चाैतर्फि बिकाश गर्ने उदेश्य सहित जिसनले पहिलाे पटक राष्ट्रिय स्तरकाे टेक्नोलोजी प्रयाेग गरी याे प्रतियोगिता आयाेजना गरेकाे हाे ।
मावि तह अन्तर्गत कक्षा ९ र  कक्षा १० का विद्यार्थीहरूकाे सहभागीता रहेकाे प्रतियोगितामा एउटा  टिममा ३ जना विद्यार्थी प्रतियोगि सहभागी थिए ।
जसअन्तर्गत सिद्धार्थ सिसुसदन सेकेण्डरी स्कुल सुनवल द्वितीय , पायनिएर सेकेण्डरी ईङ्गिलस बोर्डिङ्ग स्कुल सुनवल तृतिय र लिटिल स्टेप सेकेण्डरी स्कुल अरुणखोला सान्त्वना भएका छन् ।
जिसन नवलपरासी अध्यक्ष डम्बर बहादुर गुरूङको अध्यक्षता तथा सुनवल नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यता रहेकाे हाजिरी जवाफ प्रतियोगिताकाे संचालन टिममा  साहारा माउन्टेनका मुकेश ज्ञवाली , गाेपाल पाण्डे, इन्द्र थापा,कराज ज्ञवाली र सागर भट्टराईले गर्नुभएकाे थियाे ।
त्यसैगरी जिसनका वरिष्ठ उपाध्यक्ष थमन शेरचनको स्वागत तथा सह-सचिव बलिराम यादवको संचालन रहेको प्रतियोगिताकाे संयोजक पदम चन्द ठकुरीले कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो भने सल्लाहकार ईन्द्र गुरूङ , यमबहादुर थापा, सन्तोष रौनियार , लगायतले आ- आफ्ना धारणा राख्नुभएको थियो।



Ads