ताजा अपडेटः

उत्पादन , राेजगार र समृद्धिका लागि सामुदायिक वन व्यवस्थापन “भन्ने नारा सहित सुनवलमा सामुदायिक वन दिवस मनाइयो

उत्पादन , राेजगार र समृद्धिका लागि सामुदायिक वन व्यवस्थापन “भन्ने नारा सहित सुनवलमा सामुदायिक वन दिवस मनाइयो प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार २२:१३

कल्पना खरेल , नवलपरासी । “उत्पादन , राेजगार र समृद्धिका लागि सामुदायिक वन व्यवस्थापन “भन्ने नारा सहित सामुदायिक वन दिवस २०८० आज  सुनवलमा मनाईएकाे छ ।
वन तथा वातावरण विपद व्यवस्थापन संयाेजक हिमलाल शर्माकाे  अध्यक्षता ,  नगरप्रमुख विमला अर्यालकाे प्रमुख आतित्थ्ता तथा डिभिजन वन अधिकृत महेन्द्रराज वाग्लेकाे विशिष्ट आतित्थ्यतामा   भएकाे कार्यक्रममा गरिवी न्युनिकरणमा सामुदायिक वनको भुमिका विषयक अन्तरक्रिया समेत गरिएको थियाे ।
कार्यक्रममा बाेल्दै डिभिवन वन अधिकृत महेन्द्रराज  वाग्लेले वनलाई  उत्पादन सगँ जाेडि राेजगार सृजना गर्न सामुदायिक वनहरू अब लाग्नुपर्ने  बेला भएकाे टिप्पणी गर्नुभयाे ।
वनबाट गरिबी निवारण संभव रहेकाे भन्दै  उद्यम विकास र राेजगार सृजनाका लागि नयाँ कार्यक्रम र  याेजनाहरू ल्याएकाे खण्डमा आफ्नाे साथ रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे ।
त्यसैगरी सामुदायिक वन उपभोक्ता महासंघका  केन्द्रीय सदस्य  कमल परियारले प्रदेश सरकारले सामुदायिक वनमा लगाएकाे २५ प्रतिशत कर खारेज गर्नुपरेने माग गर्द‌ै सरकारकाे झन्झटिलो नितिहरू फुकाउदै लानुपर्ने धारणा राख्नुभयाे ।
नेपालको कुल भू-भागमध्ये  ४४ दशमलव ७४ प्रतिशत क्षेत्रफल वनले ढाकेको छ । भने देशभर २३ हजार सामुदायिक वन छन् जसमध्ये पश्चिम नवलपरासीमा ५३ वटा सामुदायिक वन रहेका छन् भने  सुनवल नगरपालिकामा २२ वटा सामुदायिक वन रहेकाे छ ।
सुनवल वन अधिकृत विशाल न्याैपानेकाे संचालन र नगर महासंघका अध्यक्ष  कर्णबहादुर सेनकाे स्वागत रहेकाे कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रिय सदस्य टिचन गुरुङ,  पूर्व गाविस अध्यक्ष थान प्रसाद गैरे, सामुदायिक वन महांसंघकाे जिल्ला अध्यक्ष सारदा पाेख्रेल ,सामुदायिक वन उपभोक्ता समुह लुम्बिनी प्रदेश सदस्य दिर्घनारायण अर्याल,मधुवन सामुदायिक वनका अध्यक्ष  यूवराज पुन मगर  लगायतले आ आफ्ना भनाई राख्नुभएको थियो ।
सुनवल नगरपालिका वन वातावरण तथा विपद् व्यवस्थापन समिति ,सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र नगर महासंघ सुनवलको संयुक्त आयोजनामा कार्यक्रम भएकाे थियाे ।



Ads