ताजा अपडेटः

नालीमा मृत अवस्थाकाे मानिस फेला

नालीमा मृत अवस्थाकाे मानिस फेला प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार २१:०८

कल्पना खरेल,नवलपरासी ।   पश्चिम नवलपरासीकाे  सरावल गा.पा. १ बासा स्थित पुर्व-पश्चिम राजमार्गको दक्षिण तर्फको नालीमा आज एक मृत मानिस फेला परेकाे छ ।
दिउँसो अन्दाजी  ४ बजे  हालसम्म नाम थर वतन नखुलेको  वर्ण कालो, उचाई अं. ५.७ ईन्च, कपाल छोटो, कपडा खैरो फुल सर्ट, खैरो रङगको पाईन्ट लगाएको अं. बर्ष ४०/४५ को पुरुष ब घोप्टो परी मृत अवस्थामा फेला परेकाे हाे ।
घटना बारे खबर  प्राप्त हुनासाथ तत्काल  ई.प्र.का. बर्दघाटबाट प्र.नि. बीरेन्द्र  के.सी. को कमाण्डमा  SOCO सहित ७ जनाको टोली घटनास्थल पुगी शव पोष्टमार्टमको लागी पृथ्वीचन्द्र  अस्पताल परासी ल्याइएकाे प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ । घटनाबारे  थप अनुसन्धान भइरहेको छ ।



Ads