ताजा अपडेटः

दाङमा माेटरसाइकल दुर्घटनामा परि एक युवककाे मृत्युु

दाङमा माेटरसाइकल दुर्घटनामा परि एक युवककाे मृत्युु प्रकाशित मिति: १३ श्रावण २०८०, शनिबार २०:४०

दाङ । दाङमा मोटरसाइकल दुर्घटनामा परि एक युवककाे ज्यान गएकाे छ । माेटरसाइकल दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ दुधेना नयाँ बस्तीका १८ वर्षीय गगन घर्तीमगरको ज्यान गएकाे हाे ।

आज शनिवार बिहान दङ्गीशरण गाउँपालिका वडा नम्बर ५ सङ्घारी चोकमा रगैचादेखि तुलसीपुर आउँदै गरेको  मोटरसाइकल बालापुरमा अनियन्त्रित भइ पल्टिएको हाे ।

दुर्घटनामा परि गम्भीर घाइते भएका घर्तीमगरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर उपचारका क्रममा ज्यान गएको हो ।



Ads