ताजा अपडेटः

जङ्गली च्याउ खाँदा पूर्वि नवलपरासीमा  गयाे २ जनाको ज्यान

जङ्गली च्याउ खाँदा पूर्वि नवलपरासीमा  गयाे २ जनाको ज्यान प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार १८:०१

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदिकाली गाउँपालिका–६ मा जङ्गली च्याउ खाँदा दुई जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली–६ माझडाँडाका ९९ वर्षीय लीला आले र ६६ वर्षीय उमाकुमारी आलेको जङ्गली च्याउ खाँदा ज्यान गएकाे बताएका छन्  । उनीहरूले गएकाे शुक्रवार स्थानीय जङ्गलमा पाइने च्याउ पकाएर खाएका थिए ।

जङ्गली च्याउ खाएकामध्ये ललिता आले मगर, तारा आले र खगिरसार सिञ्जाली पनि बिरामी भएकामा उनीहरू उपचारपछि निको भएका छन् । बिरामी भएका लीला र उमाकुमारीलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो । उनीहरूकाे गए राति ज्यान गएकाे हाे ।



Ads