ताजा अपडेटः

टिककटकाे उत्पत्ति,विकास , फाइदा र निम्त्याएको जाेखिमहरू

टिककटकाे उत्पत्ति,विकास , फाइदा र निम्त्याएको जाेखिमहरू प्रकाशित मिति: ७ श्रावण २०८०, आईतवार ०८:३३

कल्पना खरेल, नवलपरासी । छोटा-भिडिओ शेयर गर्न मिल्ने प्लेटफर्मका रूपमा परिचित टिकटक अहिले विभिन्न फिचरले गर्दा धेरैको रोजाइमा परेको छ । टिकटक सार्वजनिक भएको छोटो समयमा सबैभन्दा धेरै मनपराई डाउनलोड हुने एप पनि हो । आज हामी यही परिचित एप टिकटकबारे केही रोचक जानकारी दिँदै छौं ।
मानिसहरूले जीवनका विशेष पलहरू , ज्ञानज्ञुनका कुरा , रचनात्मक कुराहरू मोबाइलबाट शेयर गर्न सहज होस् भन्ने मुख्य उद्देश्यले टिकटककाे स्थापना भएकाे हो । जसमा १५ सेकेन्डदेखि तीन मिनेटसम्मको भिडियो बनाएर पोष्ट गर्न सकिन्छ। साथै याे एपमा लाइभ बस्न मिल्ने सुविधा छ भने अरू फिचर पनि थपिने क्रममा छन् ।
सन् २०१६ मा छिमेकी देश चीनबाट सुरु भएको टिकटक भारत हुदै नेपाल भित्रीयाे ,यतिबेला नेपाली बजारमा राम्रो स्थान पाउन सफल भएको छ । लाग्छ याे ७ वर्षको अवधिमा लोभलाग्दो ख्याति आर्जन गरिसकेको छ । सेन्सर टावरका अनुसार टिकटक २०२२ को पहिलो त्रैमासिकमा एपस्टोर र प्लेस्टोरमा ३.५ अर्ब पटक डाउनलोड भइसकेको छ । औसतमा प्रति प्रयोगकर्ताले टिकटकमा ५२ मिनेट बिताउने गर्छन् । यसको अर्थ मानिसहरूले भिडिओ बनाउनलाई होस्, शेयर गर्नलाई होस वा हेर्नलाई होस् औसतमा ५२ मिनेट बिताउने गर्छन् । १० जना प्रयोगकर्तामध्ये ९ जनाले दिनमा दुई पटक टिकटक प्रयोग गर्छन् ।

अझ केही समय अघि काेराेनाकाे कहरमा व्यक्तिहरू घर थुनिएर बस्नुपर्ने परिस्थितिले त झन बच्चा,यूवा,बुढा सबैलाई भुलाउने, संयम राख्ने मनाेरन्जन दिने हास्ने र हसाउने ठुलाे सस्त्र पनि बन्याे जसले टिकटककाे लाेकप्रियता झन झन चुलिदै गयाे ।

अहिले बच्चा प्लानिङ देखि बच्चा जन्मदा सम्मकाे यात्रा, दुर्घटना हाेस् या कुनै राेग सुरू भएदेखि उपचार हुँदै निकाे हुदा सम्मकाे पल, सङ्घर्ष देखि सफलता सम्मकाे भाेगाई टिकटकमा पाेखेकाे पाइन्छ ।
विश्वकाे इतिहास देखि अहिलेसम्मकाे संसारभर के कुरा ट्रेन्डिङमा छ भन्ने अवस्था पनि यहि टकटकले बुझाउने गर्छ । चित्रकला, पेन्टिङ देखि गणितका कठिन अभ्यास सम्म टिकटकमा देख्न सक्छाै लाग्छ रमाइलो मात्र हाेइन् सिक्ने र जान्ने खाेजि गर्नेका लागि याे भरिभराउ गाेजि पनि हाे ।

अझ विशेष त टिकटक हामीले हाम्रो कलालाई तिखार्ने , निखार्ने र सबैलाई देखाउन सक्ने एप पनि हाे , जसले धेरैकाे कलाकारितालाई मैदानमा उतारेकाे पनि छ र पर्दामा पनि । कति कलाकार जन्मायाे,कति गाएक जन्मायाे , कतिलाई सेलिब्रेटि बनायाे , कतिलाई समाजसेवि बनायाे , कतिकाे घर ठडायाे भने कतिकाे गृहस्थि । कुनै पनि महत्वपूर्ण कार्यक्रम, रोचक घटनादेखि कुनैपनि अन्तर्वार्ताकाे विवादित भिडियोकाे अंश पनि सबैभन्दा पहिले टिकटकमा भेटिन्छ। प्रयाेग गर्न जान्नेका लागि टिकटक कमाउने दरिलाे माध्यम पनि बनेकाे छ।

अहिले टिकटक बनाउन परिवार नै सक्रिय रुपमा कम्मर कसेर लागेका छन् । फाेन, sms , च्याटमा गरिने कुराकानी सल्लाह, दुख सुख सेयरिङ पनि आजभोलि टिकटकमा गरेकाे पाइन्छ ।
यो त थियाे टिकटकका सकारात्मक पाटो तथा राम्रो पक्ष अब लाग्यौं टिकटकले भित्राएकाे विकृतिहरू । टिकटकले यतिबेला समाजमा विकृति पनि फैलाएकाे छ , टिकटकमा लाेकप्रियता कमाउन हाेडबाजिमा आजभाेलि अर्धनग्न र अस्लिन भिडियाेअरू पाेष्ट गरेकाे देखिन्छ , लाइभमा गिफ्टका लागि अङ्ग प्रदर्शन गर्ने अपाच्य र अस्लिन शब्दकाे प्रयाेग गरेकाे पाइन्छ , जसले विवादमा मुछिई कतिकाे भविष्यमा प्रश्न चिन्ह पनि खडा गरेकाे छ । टिकटकमै व्यक्तिकाे स्वभाव आचरण नबुझि प्रेम गर्दा बलत्कृत भएका घटना पनि व्याप्त छ ।

बढि मात्रामा टिकटकमा बस्दा कुनै रचनात्मक काम नगर्नु, परिवारलाई समय नदिनु र परस्त्रि र परपुरूष सगँकाे नजिकताले कतिकाे घरबार पनि बिगारेकाे छ । भने छाडापनले प्रसय पाएकाे छ । उता साना साना बाबुनानीमा माेबाइलकाे नसा लागेकाे छ जसकारण पढाईप्रति रुचि कम हुँदै गयाे, भविष्य चिन्ताजनक देखिएकाे छ भने यूवामा लाेकप्रियताकाे यतिसम्म हुटहुटि छ , कतिले टिकटक कहाँ र कसरी बनाउने भन्ने हेक्का नराख्दा, संयमित नहुदा टिकटक बनाउदा बनाउदै भिरबाट लडेर , पुलबाट लडेर, पाेखरीमा डुबेर, खाेलामा डुबेर एक्सिडेन्ट् भएर समेत मृत्युु भएकाे छ ।

अझ अर्काे साेचनिय विषय, झुन्डिएको दृश्य कैद गर्दा दुर्घटना भई पासाे लगाएर मरेका घटना पनि सुनिने गरिन्छ । भन्छन्, हरेक चिजकाे राम्रो नराम्रो पक्ष हुन्छ । जसकाे सहि सदुपयोगले विकाश सम्भव छ भने गलत प्रयाेगले विनास । त्यसैले टिकटककाे राम्रो पक्षलाई ग्रहण गरि जिवनलाई सहज सरल र खुसि राख्ने प्रयास गराै, समाजकाे सकारात्मक परिवर्तन र विकाश हाम्रो काधमा छ ।



Ads