ताजा अपडेटः

आज आदिकवि भानुभक्त आचार्यको २ सय १० औँ जन्मजयन्ती

आज आदिकवि भानुभक्त आचार्यको २ सय १० औँ जन्मजयन्ती प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार १२:२२

नवलपरासी —आदिकवि भानुभक्त आचार्यको २ सय १० औँ जन्मजयन्ती आज शुक्रवार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । काठमाण्डौ, तनहुँसहित दार्जिलिङ, सिक्किमलगायत नेपालीभाषी रहेका धेरै क्षेत्र तथा विदेशमा समेत भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रम हुँदैछन् ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिनुभएका आचार्यले ‘अध्यात्मरामायण’ को भावानुवाद गरी नेपाली जगतमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन ,भ्रातृत्व र राष्ट्रियता जस्ता सम्रग विषयमा समष्टि भावको बीजारोपण गर्नुभएको थियो । उहाँका ‘प्रश्नोत्तर’ ‘भक्तमाला’ ‘वधूशिक्षा’, ‘रामगीता’ लगायत दर्जनौँ साहित्यिक कृति प्रकाशित छन् ।
नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त रामायणका अनुवादकका रूपमा प्रख्यात हुनुहुन्छ । उहाँका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उहाँ नेपाली साहित्यिमा चिनिनुभएको थियो ।
भानुभक्त आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो ।



Ads