ताजा अपडेटः

उपभोक्ता हित संरक्षण मंच नेपाल सुनवलद्वारा सचेतना सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

उपभोक्ता हित संरक्षण मंच नेपाल सुनवलद्वारा सचेतना सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार ०९:५४

कल्पना खरेल,नवलपरासी । गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार : हामी सबैकाे सराेकार ” भन्ने नारा सहित उपभोक्ता सचेतना सम्बन्धि अभिमुखिकरण कार्यक्रम सुनवल -६ विसासयमा सम्पन्न भएकाे छ ।
उपभोक्ता हित संरक्षण मंच नेपाल सुनवल र घरेलु तथा साना उद्योगकाे संयुक्त आयाेजनामा भएकाे अभिमुखिकरण कार्यक्रमकाे मुख्य उदेश्य भनेकाे उपभोक्ताहरूलाई सचेत बनाई गुणस्तरीय वस्तु उपभाेग गर्न प्रेरित गर्नु रहेकाे छ ।कार्यक्रममा बाेल्दै घरेलु तथा साना उद्योग कार्यालय प्रमुख गंगाधर पाण्डेले गुणस्तरीय वस्तु भनेकाे के हाे? गुणस्तरीय वस्तु निर्माणका लागि कस्ता-कस्ता मापदण्ड अपनाउनुपर्छ ? बजार अनुगमन सम्बन्धि व्यवस्था के छ ? अखाद्य बस्तु भेटिएमा के गर्नुपर्छ ? बजार अनुगमन गर्दा ध्यानदिनुपर्ने कुराहरू केके हुन् ? अनुगमन कसरी प्रभावकारी बन्न सक्छ ? लगायतका विषयमा जानकारी दिनुभएकाे थियाे ।


साेहि क्रममा बाेल्दै उपभोक्ता हित संरक्षण मंच नेपालका जिल्ला सचिव माेहन पाैडेलले  सचेतनाका कार्यक्रमले पुनर्ताजगी गराउने भन्दै  ज्ञान लिने ,बाेध गर्ने र प्रयाेग गर्ने बानिकाे विकाश गर्न सहभागी सम्पूर्णलाई आग्रह गर्नभयाे । उहाँले उपभोक्ता हित संरक्षण मंच नेपाल कारबाही गर्ने निकाय नभई गुनासालाई सम्बन्धित निकायसम्म पुर्याई घच्घचाउने समन्वयकारी निकाय भएकाे उल्लेख गर्दै ठगिएकाे महसुस भए उजुरी गर्न सचेत गराउनुभयाे ।


उपभोक्ता हित संरक्षण मंच नेपाल सुनवलका अध्यक्ष विष्णु पाैडेलकाे अध्यक्षता र सचिव प्रेमबहादुर खड्काकाे संचालन रहेकाे कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष हिमलाल शर्मा, कार्यपालिका सदस्य सिता तिमल्सिना, समाजसेवी थानप्रसाद गैरे लगाएतले मन्तब्य राख्नुभएकाे थियाे ।



Ads