ताजा अपडेटः

मनाङ एअरकाे हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न सरकारले समिति बनायाे

कल्पना खरेल
मनाङ एअरकाे हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न सरकारले समिति बनायाे प्रकाशित मिति: २६ असार २०८०, मंगलवार १९:१६

काठमाण्डाै । सरकारले मनाङ एअरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति बनाएकाे छ ।

मङ्गलवार दिउँसाे सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा समिति गठन गरेको हो । बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले जानकारी दिनुभयो ।

मङ्गलवार बिहान मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा एक नेपाली पाइलटसहित पाँच मेक्सिकाेका नागरिककाे ज्यान गएकाे छ ।




Ads