ताजा अपडेटः

लुम्बिनी माध्यमिक विद्यालय द्वारा २०७९ को SEE परिक्षामा उत्रिण विद्यार्थीलाई सम्मान

लुम्बिनी माध्यमिक विद्यालय द्वारा २०७९ को SEE परिक्षामा उत्रिण विद्यार्थीलाई सम्मान प्रकाशित मिति: २५ असार २०८०, सोमबार ०१:३२

कल्पना खरेल,नवलपरासी । सुनवल नगरपालिका वडा न. १ सोमनाथमा अवस्थित लुम्बिनी माध्यमिक विद्यालय द्वारा २०७९ को SEE परिक्षामा विभिन्न जि पी ए ल्याई उत्रिण हुने ५८ जना सम्मान गरिएकाे छ ।
विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष गङ्गा बहादुर गुरुङको अध्यक्षतामा तथा वडा न.१ का वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा विद्यार्थीहरूलाई खादा र माला सहित बधाई तथा शुभकामना दिदै सम्मान गरिएकाे हाे ।
लुम्बिनी माध्यमिक विद्यालयबाट २०७९ सालको SEE परिक्षामा सहभागी ५९ जना विद्यार्थीहरूले 3.55 G P A देखि 2.85 GPA प्राप्त गरी उत्कृष्ट भएका छन् ।
प्रमुुख अतिथि मनबहादुर थापा मगरले सबै उत्रिण हुने विद्यार्थीलाई उज्ज्वल भबिस्यको शुभकामना दिदै बिद्यार्थी र शिक्षकहरुको कडा मिहेनतले प्राप्त राम्रो नतिजालाई आगामी दिनमा पनि थप उर्जाशिल नतिजाको अपेक्षाको शुभकामना व्यक्त गर्नुभयाे ।
विद्यालयका प्रधानध्यापक हुम नाथ सुबेदिकाे र शिक्षक रिता रणपालकाे संचालन रहेकाे कार्यक्रममा वडा सदस्य कृष्ण बहादुर छेत्री, विद्यालय ब्यबस्थापन समिती सदस्य कल्पना घिमिरे, सदस्य मीना ढकाल, सह प्रधानध्यापक सुशील गुरुङ, विद्यार्थी अस्मिता ढकाल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।



Ads