ताजा अपडेटः

गायक तथा अभिनेता रविन तामाङको मृत्यु

गायक तथा अभिनेता रविन तामाङको मृत्यु प्रकाशित मिति: २० असार २०८०, बुधबार ०६:५९

काठमाडौं । नेपाली चर्चित रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । उनी मंगलबार बेलुका बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरमा मृत भेटिएको उनकी दिदी भगवती तामाङले बताइन् ।
तामाङ घरको कोठा भित्र मृत भेटिएका हुन् । प्रहरी प्रभाग बुढानीलकण्ठका इन्स्पेक्टर दीपेन्द्र चन्दले कोठाको ढोका लक भएको र उनी भित्र मृत भेटिएको बताए ।
‘तामाङकी दिदी भगवतीले हामीलाई ६ तिर कोठाको ढोका लक भएका र भाइ भित्र रहेको खबर गर्नु भएको थियो । सोहीअनुसार हामी घरमा पुगेका थियौ’, चन्दले भने ‘हामीले ढोका फोरेर हेर्दा उहाँ बेड छेउमा मृत भेटिनुभयो ।’ घटनास्थलमा त्यस्तो शङ्कास्पद केही नभेटिएकोले कानुनी प्रक्रिया पुर्‍याएर शव पोस्टमार्टमका लागि पठाएको उनले खुलाए ।
रविनको शव अहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । बुधबार बिहान दश बजे उनको शब पोष्टमार्टम हुनेछ ।
नेपाली रक ब्याण्ड ‘रविन एन्ड दि रेभोलुसन’का संस्थापक रविन पछिल्लो समय फिल्म अभिनयमा व्यस्त थिए । ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत दर्जन बढी फिल्ममा अभिनय गरेका उनको पछिल्लो फिल्म ‘छड्के २’ केही अगाडि प्रदर्शनमा आएको थियो । हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका उनको नेपाली रक गीतको विकासमा योगदान महत्त्वपूर्ण मानिन्छ ।



Ads