ताजा अपडेटः

देउसी भैलाेकाे पैसाले वडा बाल संजालले गर्याे बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण

देउसी भैलाेकाे पैसाले वडा बाल संजालले गर्याे बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण प्रकाशित मिति: ११ असार २०८०, सोमबार २२:२५

कल्पना खरेल,नवलपरासी । बनाहा डाडाटोल बाल क्लबको आर्थिक सहयोग र वडा बाल संजालको आयोजनामा सुनवल माध्यमिक विद्यालयका १० जना बालबालिका लाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएकाे छ ।
वडा बाल संजालका अध्यक्ष सुशान श्रेष्ठको अध्यक्षतामा तथा सुनवल नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सुनवल १ को वडा कार्यलयमा उक्त शैक्षिक सामाग्री हस्तान्तरण गरिएकाे हाे ।
परिवर्तनका लागि नयाँ प्रयास सहित बनाहा डाडा टोलका बाल क्लबले देउसी भैलाेबाट उठेकाे केही रकम बचाएर बालबालिकालाई ८ हजार ५ सय रकम बराबरको शैक्षिक सामाग्री बितरण गरिएको थियो ।
बनाहा डाडाटोल बाल क्लबका उपाध्यक्ष नतासा श्रेष्ठकाे स्वागत र वडा बाल संजालका सचिब निशा गौतमकाे संचालनमा सम्पन्न कार्यक्रममा वडा सदस्य पर्शुराम कवर, वडा सचिब उषा गिरी, दलित उत्थान केन्द्रका नगर अध्यक्ष शिव बहादुर बि क, नेवा गूठी सुनवलका सदस्य कमला कर्मचार्य, शिक्षक चित्र बहादुर गुरुङ,बाल मैत्री स्वयंसेवक हुम कुमारी थापा लगाएतको उपस्थिति रहेको थियो ।



Ads