ताजा अपडेटः

जिसन नवलपरासीद्वारा चित्रकला,पेन्टिङ र चेस प्रतियोगिता सम्पन्न

जिसन नवलपरासीद्वारा चित्रकला,पेन्टिङ र चेस प्रतियोगिता सम्पन्न प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार २२:४६

कल्पना खरेल ,नवलपरासी । जिसन नवलपरासीकाे आयाेजनामा आज चित्रकला,पेन्टिङ र चेस प्रतियोगिता  द पायनिएर सेकेण्डरी इङ्लिस बाेर्डिङ स्कुलमा सम्पन्न भएकाे छ ।
जिसन नवलपरासीका अध्यक्ष डम्बर बहादुर गुरूङकाे अध्यक्षता र सुनवल नगर शिक्षाशाखा अधिकृत पशुपति भट्टराईकाे प्रमुख आतिथ्यता भएकाे उक्त प्रतियोगितामा जिसनमा आबद्ध ४४  विद्यालय मध्ये २२ विद्यालयकाे सहभागीता रहेकाे थियाे ।
शैक्षिक संस्थाहरूकाे एक्कबद्वताकाे समूह जिसन नवलपरासीकाे   स्थापना गर्नुकाे मुख्य उदेश्य भनेकै परीक्षा प्रणालीमा एकरूपता ल्याउनु हाे ।


मंच एक प्रतिभा अनेक भन्ने भनाइलाई मुर्तरूप दिदै बच्चाबच्चिकाे अन्तर्निहित क्षमतालाई प्रष्फुटन गराउने लक्ष्य सहित  आयाेजना गरिएकाे यस प्रतियोगितामा कक्षा १ र २अन्तर्गत पेन्टिङ प्रतियोगिता २२ जना, चित्रकला प्रतियोगितामा कक्षा ३ देखि ५ कक्षा ५ सम्मका  २२ जना र चेस प्रतियोगितामा  कक्षा ६ देखि कक्षा ८ सम्मका १८ जना विद्यार्थीहरूले भाग लिएका थिए ।


जस अन्तर्गत पेन्टिङतर्फ सिद्वार्थ सिसुसदन स्कुलकाे आयुष्मा राना प्रथम, पायनियर सेकेण्डरी इङ्लिस बाेर्डिङ स्कुलकाे सुवेच्छा भुर्तेल द्वितीय , अन्नपूर्ण सेकेण्डरी  स्कुलकाे जनक गाहा मगर तृतीय  र न्यू फ्रलावर गार्डेन की इषिका साहनी सान्त्वना भएकी थिइन् ।
त्यस्तै चित्रकला प्रतियोगिता अन्तर्गत द पायनियर सेकेण्डरी इङ्लिस बाेर्डिङकी आयुष्मा पुन प्रथम, सिद्वार्थ  सिसुसदन स्कुलकी रजिता खड्का द्वितीय , एक्स आर्मि बाेर्डिङ स्कुलका मेलाेडि गुरूङ तृतीय  र आदर्श बाेडिङ स्कुलका निखिल यादब सान्त्वना भएका छन् ।


यसैगरी चेस प्रतियोगिता  अन्तर्गत प्रथम विद्यासागर बाेर्डिङ स्कुलका विश्वास श्रेष्ठ प्रथम, सिस्किन बाेडिङ स्कुलका कुशल श्रीस द्वितीय , सुनवल यूनाइटेड बाेर्डिङ स्कुलकम सम्राट अर्याल क्षेत्री तृतीय र सिद्वार्थ सिसुसदन स्कुलकी आयूष परियार सान्त्वना भएका छन् ।
प्रतियोगिताको निर्णायकमा विश्णु कुमाल र सागर कुवर रहनुभएकाे थियाे ।


जिसन सचिब यज्ञ प्रसाद न्याैपानेकाे संचालन र कार्यक्रम संयाेजक पदम चन्द ठकुरीकाे संयाेजन रहेकाे कार्यक्रममा
उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य , जिसन नवलपरासीमा आबद्व बाेर्डिङ स्कुलका प्रध्यापक तथा प्रतिनिधि ,विद्यार्थी लगाएकाे उपस्थिति रहेकाे थियाे ।



Ads