ताजा अपडेटः

सुनवल नगरपालिकाकाे निति तथा कार्यक्रममा महिलालाई प्राथमिकता

सुनवल नगरपालिकाकाे निति तथा कार्यक्रममा महिलालाई प्राथमिकता प्रकाशित मिति: ४ असार २०८०, सोमबार २३:००

कल्पना खरेल,सुनवल । सुनवल नगरपालिकाकाे प्रस्तुत निति तथा कार्यक्रममा महिलाकाे क्षेत्रमा बढि जाेड दिईएकाे छ । आज बसेकाे १३ ओै नगरसभालाई सम्बाेधन गर्दै नगरप्रमुख विमला अर्यालले महिला विरूद्व हुने सबै प्रकारका हिंसा ,शाेषण, दुव्र्यवहार र भेदभाव अन्त्यका लागि केन्द्र र प्रदेश सरकारसगँ समन्वय गरेर अगाडि बढ्ने बताउनुभएकाे छ ।
उहाँले हिंसा पिडित महिलाकाे पुनःस्थापनाकाे लागि सेफ हाउस संचालन गरिने,समता महिला विद्यालयलाई थप सुविधा सम्पन्न बनाई व्यवस्थित गरिने जानकारी दिनुभयाे ।
समृद्ध नगर ,सुखी नगरबासीकाे संकल्पलाई पूरा गर्न सामाजिक विकासतर्फ स्वास्थ तथा पाेषण अन्तर्गत आँखाको माेतिविन्दुकाे निशुल्क माेतिबिन्दुकाे अपरेशन कार्यक्रमलाई निरन्तरता दिइने,सम्पूर्ण नगरबासीलाई घर-घरपुगी स्वास्थ बिमा गरिने,दुर्गम बस्तीमा नि:शुल्क एम्बुलेन्सकाे व्यवस्था गरिने बताउनुभयाे ।
त्यसैगरी शिक्षा,भाषा कला तथा साहित्य अन्तर्गत उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिकाे व्यवस्था गरिने,सबै विद्यालयका भाैतिक संरचनालाई बालमैत्री गराइने,संस्थागत विद्यालयकाे छात्रवृत्तिलाई पारदर्शी र लक्षितमैत्री बनाइने जानकारी दिनुभयाे ।
नगरप्रमुख अर्यालले खानेपानी तथा सरसफाई अन्तर्गत एक घर एक धारा तथा स्वच्छ खानेपानीकाे उपलब्धतालाई निरन्तरता दिने,युवा खेलकुद तथा नवप्रवर्तन अन्तर्गत १ वडा १ खेल मेैदानकाे अवधालाई पूर्णता दिइने,सबेैका लागस खेलकुद र सधैंका लागि खेलकुद ,सधैका लागि खेलकुद अभियान संचालन गरिने बताउनुभयाे ।
यस्तै सामाजिक सुरक्षा तथा पन्जिकरण अन्तगर्त सामाजिक सुरक्षा कार्यक्रमलाई पारदर्शी र जवाफदेही गराउने बताउनुभयो । यस्तै पूर्वाधार विकाशमा भवन तथा बस्ती विकास, सडक,पुल तथा यातायात,जलश्राेत , उर्जा तथा स्वच्छ उर्जा ,सूचना तथा संचार प्रविधि समावेश रहेका जानकारी दिनुभयाे ।
नगरप्रमुख अर्यालले सुशासन तथा संस्थागत विकासमा नीति ,कानुन,न्याय तथा सुशासन, संगठन तथा क्षमता विकास,जनशक्ति विकास तथा सेवा प्रवाह, तथ्यांकीय प्रणाली , याेजना र विकास व्यवस्थापन समावेश रहेकाे बताउनु भयाे ।
त्यसैगरी आर्थिक विकास अन्तर्गत कृषि विकास,पशुंपक्षि विकास,सिंचाइ ,उद्योग ,व्यापार तथा व्यवसाय, पर्यटन तथा सस्कृंति,भूमि व्यवस्थापन , सरकारी तथा वित्तीय सेवा, श्रम राेजगरी तथा गरिबी निवारण समावेश गरिएकाे छ । उता वातावरण तथा विपद व्यवस्थापन क्षेत्र अन्तर्गत वन,भू-संरक्षण तथा जैविक विविधता,वातावरण संरक्षण तथा फाेहरमैला व्यवस्थापन ,विपद जाेखिम व्यवस्थापन ,जलवायु परिवर्तन अनुकुलन समावेश गरिएकाे छ ।


त्यसैगरी नगरसभामा बाेल्दै नगरप्रमुख अर्यालद्वारा समाजिक क्षेत्रतर्फ रू. ६३ कराेड ९८ लाख धन्दा बढि विनियोजन गरिएकाे , भाेैतिक पूर्वाधार क्षेत्रतर्फ २५ कराेड ९२ लाख बढि विनियाेगरिएकाे, सुशासन तथा संस्थागत विकासतर्फ रू.२० कराेड १२ लाख बढि विनियोजन गरिएकाे, आर्थिक तर्फ रू ७ कराेड ३९ लाख बढि विनियोजन गरिएकाे, वातावरण तथा विपद व्यवस्थापन क्षेत्रतर्फ १ कराेड ५० लाख विनियाेजन गरिएकाे बताउनुभयाे ।
यसरी विषय क्षेत्रगत रकम विनियोजन गर्दा कुल बजेट रू. १ अरब १८ कराेड, ९२ लाख बढिकाे चालुखर्च तर्फ रू ६६ कराेड ४० लाख बढि र पूँजीगत खर्चतर्फ रू५२ कराेड ५१ लाख बढि विनियोजन गरिएकाे छ ।
२०८०/०८१ काे नीति तथा कार्यक्रम अन्तर्गत १३ ओै नगरसभामा उप-प्रमुख सूर्य प्रसाद दुवेले विनियोजन बजेट,न्यायीक समितिकाे बार्षक प्रतिवेदन र नगरपालिकाकाे अर्थ सम्बन्धि बिधेक प्रस्तुत गर्नुभएकाे थियाे । त्यसैगरी लेखासमितिकाे प्रतिवेदन कार्यपालिका सदस्य सीता तिमल्सिना र वाग्मय कला प्रतिष्ठान गठन तथा संचालन प्रतिवेदन कार्यपालिका सदस्य भगवती बस्यालले गर्नुभएकाे थियाे ।
नगरसभामा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी ,१३ वटा वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधि , कार्यपालिका सदस्य, पत्रकार लगाएतकाे उपस्थिति रहेकाे थियाे ।



Ads