ताजा अपडेटः

सरावल गाउँपालिका २०८०/०८१ मा दिर्घकालिन याेजना सहित अगाडि बढ्ने

सरावल गाउँपालिका २०८०/०८१ मा दिर्घकालिन याेजना सहित अगाडि बढ्ने प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलवार १८:५१

नवलपरासी । २०८०/०८१ काे नीति, कार्यक्रम तथा बजेटमा कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई महत्व दिँदै दीर्घकालिन योजना सहित सरावल गाउँपालिका अगाडि बढ्ने बताइएकाे छ । आज बसेकाे स्थानीय, राजनीतिक दल तथा पालिकाका सरोकारवालाहरु सँगकाे सुझाव संकलन कार्यक्रममा गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले यस्ताे जानकारी दिनुभएकाे हाे ।
गाउँपालिकाकाे नीति,कार्यक्रम तथा बजेटलाई थप प्रभाकारी र जनउत्तरदायी बनाउन सरावल गाउँपालिकाले पहिलो पटक बाैद्विक व्यक्तित्व स्थानीयवासीसँग गाउँपालिकाले सुझाव संकलन गरेकाे हो ।
स्थानियबासीबाट महत्वपूर्ण सुझावहरु प्राप्त भएको बताउँदै अध्यक्ष चौधरीले प्राप्त सुझावलाई प्राथमिकताको आधारमा समावेश गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साेहि क्रममा अध्यक्ष चाैधरीले गाउँपालिकाबासीको अपेक्षा धेरै तर पालिकाको स्रोतसाधन सीमित भएकोले सोचे अनुसारको काम गर्न समस्या रहेको गुनासाे समेत गर्नुभयाे ।
उता गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले आगामी वर्षको नीति तथा कार्यक्रममा पालिकाबासीबाट प्राप्त सुझावलाई नै आधार मानेर नीति तथा कार्यक्रम बनाउने उल्लेख गर्नुभयाे । उहाँले पालिकाको आवश्यकतालाई मध्यनजर गर्दै संघ र प्रदेश सरकारसँगको सहकार्यमा बजेट निर्धारण गरिने जानकारी
दिनुभयो ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले स्थानीयबासीसगँ सामाजिक सञ्जाल, वेभसाईट, इमेल तथा भौतिक उपस्थितिबाट समेत सुझाव संकलन गरिएको बताउदै जसबाट महत्वपूर्ण सुझावहरु प्राप्त भएकोले साेहि अनुरूप अगाडि बढिने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
संघ र प्रदेशबाट प्राप्त हुने बजेट, पालिकाको आन्तरिक स्रोत, आवधिक योजना, नेपाल सरकारका नीति तथा कार्यक्रम, दीगो विकासका आधार, राष्ट्रिय नीतिहरु, स्थानीय आवश्यकता लगायतका आधारमा योजनाहरु प्राथमिकीकरण गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।
कार्यक्रममा सहभागि सरोकारवालाहरुले कृषि, शिक्षा, स्वास्थ्य, सहकारी, खानेपानी, सडक पूर्वाधार, समावेशीकरण, भ्रष्टचार निर्मुलीकरण, सञ्चार, वन, वातावरण, पर्यटन लगायतका क्षेत्रमा दीर्घकालिन प्रभाव पर्ने खालका योजनाहरु ल्याउन सुझाव दिएका थिए ।



Ads