कल्पना खरेल,नवलपरासी । पालिका स्तरमा खाेप छुट बच्चाकाे पहिचान तथा पूर्ण खाेप सुनिश्चितताकाे लागि सुश्मयाेजना अद्यावधिक २ दिने गाेष्ठि आजबाट सुरू भएकाे छ ।
स्वास्थ कार्यालय पश्चिम नवलपरासीकाे आयाेजनामा सुरू भएकाे गाेष्ठिमा जिल्ला स्वास्थ कार्यालय प्रमुख ओेम प्रकाश पन्थी, स्वास्थ कार्यालयबाट लेखा अधिकृत नारायण भट्टराई ,
स्वास्थ कार्यालय काेल्डचेन अधिकृत त्रिलाेकि सिंह ,सुनवल स्वास्थ शाखा प्रमुख कृष्णप्रसाद न्याैपाने, उप-प्रमुख चुडामणि नेपाल,सुनवल नगरपालिकाको १३ वटै स्वास्थ्य संस्थाका प्रमुख लगाएत नगरभित्रका सम्पूर्ण खाेप कार्यकर्ताकाे सहभागिता रहेकाे थियाे ।
कार्यक्रममा बाेल्दै जिल्ला स्वास्थ कार्यालय प्रमुख ओेम प्रकाश पन्थीले पूर्ण खाेपकाे सुनिश्चितता घाेषणा गर्नका लागि पालिका स्तरमा अभिमुखिकरण याेजना तर्जुमा गाेष्ठि सुरू गरिएकाे बताउनुभयाे ।
३० जना भन्दा बढिकाे सहभागीता रहेकाे गाेष्ठिकाे जिल्ला स्वास्थ कार्यालय पश्चिम नवलपरासीको वरिष्ठ मलेरिया इनिष्पेक्टर देवीलाल पाैडेलले सहजिकरण तथा प्रशिक्षण दिनुभएकाे थियाे ।