ताजा अपडेटः

सुरक्षित आप्रवासन ( सामी ) कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता र मनाेसामाजिक परामर्श कक्षा सम्पन्न

सुरक्षित आप्रवासन ( सामी ) कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता र मनाेसामाजिक परामर्श कक्षा सम्पन्न प्रकाशित मिति: २४ जेष्ठ २०८०, बुधबार १८:५३

कल्पना खरेल, नवलपरासी । सुनवल नगरपालिकाद्वारा संचालित सुरक्षित आप्रवासन ( सामी ) कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता र मनाेसामाजिक परामर्श कक्षा आज सम्पन्न भएकाे छ ।

स्वदेशमै राेजगार गराै विदेश जाने नै भए सहि सूचना र सीप सिकेर मात्रै जाओै भन्ने लक्षसहित संचालित उक्त कक्षा कार्यपालिका सदस्य जुठिमाया पुनकाे अध्यक्षता तथा नगरप्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।


कार्यक्रममा बाेल्दै नगरप्रमुख अर्यालले कक्षाकाे मुख्य उदेश्य कमाएकाे पैसाकाे व्यवस्थापन कसरी गर्ने भन्ने रहेकाेले पुजीलाई सहि ढङ्गबाट सदुपयोग , परिचालन र व्यवस्थापन गर्न सके घर, परिवार , समाज र नगरकाे दिगाे विकाश सम्भव रहेकाे जिकिर गर्नुभयाे ।

विदेश गएका परिवारका २५ जना महिला दिदिबहिनीकाे सहभागीता रहेकाे कार्यक्रम प्रत्येक हप्ताको बुधबार साप्ताहिक रूपमा २१ हप्तासम्म संचालन गरिएकाे थियाे ।


जसकाे कक्षा सहजीकरणकाे लागि वित्तीय साक्षरता सहजकर्ता डिलुमाया रिमाल र मनाेसामाजिक परामर्शकर्ता नारायण बहादुर कुवंरले गर्नुभएकाे थियाे भने रिटर्नी स्वयमसेवक प्रकाश पाण्डे,टेकराज तिमिल्सिना र कमल अधिकारी रहनुभएकाे थियाे ।

पश्चिम नवलपरासीको सुनवल वडा नम्बर -५ मिनि वनकट्टिमा कक्षा संचालन गरिएकाे हाे ।

 

 



Ads