ताजा अपडेटः

अबैध चाँदी बरामद

अबैध चाँदी बरामद प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार १७:१९

कल्पना खरेल,नवलपरासी । आज बिहान करिब १०:४० बजे पश्चिम नवलपरासीको पाल्हिनन्दन गा.पा. ४ लोहरौलीमा अबैध ३ लाख ४० हजार मुल्य बराबरकाे चाँदी बरामद गरिएकाे छ ।

विशेष सुचनाको आधारमा प्रहरी चौकी ग्रेमी बाट प्रहरी सहायक निरीक्षक खिमानन्द पराजुलीको कमाण्डमा खटिएको ३ जनाको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको भारतकाे महाराजगंज थाना निचलौल बस्ने बर्ष अं. ५३ को दिलिप बर्मा लाई शंका लागी चेक जांच गर्ने क्रममा उक्त मुल्य बरामरकाे चादि बरामद गरिएकाे हाे ।

निजको साथबाट अबैध चम्चा, कटौरा र पाउजु लगायतका चाँदी जस्तो देखिने धातुजन्य पदार्थ २७५० ग्राम फेला परेकाे प्रहरी नायव उपरीक्षक भाेजराज पाण्डेले बताउनुभएकाे छ ।

अबैध चाँदि सहित मानिस पनि नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको समेत डिएसपी पाण्डेले बताउनुभयाे।



Ads