ताजा अपडेटः

श्रीमतीद्धारा श्रीमानको बिभत्स हत्या

श्रीमतीद्धारा श्रीमानको बिभत्स हत्या प्रकाशित मिति: २१ जेष्ठ २०८०, आईतवार १९:५८

कल्पना खरेल,नवलपरासी । यहि जेष्ठ १८ गते राती अन्दाजी २:०० वजे पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १४ स्थित एक घरमा आफ्नै श्रीमती द्वारा श्रीमानकाे हत्या गरिएको छ ।

जेष्ठ १९ गते सांझ ७ :४५ बजे जिल्ला नवलपरासी रामग्राम नगरपालिका वडा नं. १४ स्थित चन्दर थारुको जोतेको खेतको आली (मेडी) को किनारमा केही पुरिएको र केही भाग बाहिर देखिएको अबस्थामा वर्ष २८/२९ को अव्दुल नसिम खाँको मृत लास भेटिएकाे थियाे ।

स्थानीयले लाश देखेकाे भन्ने खबर जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीलाई जानकारी गराएपछि तत्काल जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेकाे थियाे ।

घटनास्थलकाे प्रारम्भिक अनुसन्धान पछि घटना संकास्पद रहेको पाइएपछ प्रहरीले मृतकको श्रीमती हशिवुन निशालाई नियन्त्रणमा लिई प्रार्भिक अनुसन्धान थालेकाे थियाे ।

साेहि दिन अर्थात जेष्ठ १९ गते दिउँसो मृतकको श्रीमती हशिवुन निशाले आफ्नो श्रीमान १८ गते राती देखि हराएको हुंदा खोज तलास गरिपाउं भनि प्रहरी चौकी बैरागनाथमा निबेदन दिएकी थिइन् ।

अनुसन्धानका क्रममम हशिवुन निशाले आफू र आफ्नाे श्रीमान बीच पटक पटक झै-झगडा हुने गरेको र श्रीमान अव्दुल नसिम खाँले दैनिक रुपमा कुटपिट गर्ने, आफु र २ जना छोराहरुको हेरचाह नगर्ने, स्कुलमा पढ्न पनि नपढाउने र घरमा बारम्वार घरेलु हिंसा समेत गर्ने गरेकाले विगत २ वर्ष देखि सम्पर्कमा रहेका १ जना भारतीय संगै पढेको साथि संग श्रीमान अव्दुल नसिम खाँले गर्ने गरेका कृयाकलापहरु सुनाउने गरेकाे बताएकी थिईन् ।

साेहि क्रमम निशाले साथीलाई “अव श्रीमानलाई मार्नु पर्छ तिमीले पनि सहयोग गर्नु पर्छ” भन्दा उनी पनि राजी भई सो कार्यमा समेत सहमती जनाएकाले साथीलाई जेष्ठ १७ गतेको साँझ भारतबाट बोलाई राति ११:५५ बजे सम्म घर नजिक बोलाई मोबाइल सम्पर्कमा बसी श्रीमान सुते पछि निज साथि लाई घरमा बोलाई मिति जेष्ठ १८ गते बिहान उज्यालो नहुदै राती अन्दाजी २:०० वजे बिस्तारामा श्रीमान सुतेको अवस्थामा हशिवुन निशाले मोबाइल चार्ज गर्ने सेतो डाटा केवलले घाटी कसी मारी दुबै जना मिलेर घर देखि अं १०० मिटर पश्चिम टाढा चन्दर थारुको जोतेको खेतको आली (मेडी) किनारमा मृत लाश बोकेर लगि दुबै जनाले कोदालोले खाडल खनि मृत लास पुरेकाे बयान दिएकि छन् ।

वारदातमा प्रयोग भएको सबुद बरामद गरी निज हशिबुन निशालाई जरुरी पक्राउ पुर्जि दिई पक्राउ गरी बयान प्रतिवेदनका साथ दाखिला गरि प्रारम्भिक अनुसन्धान पुरा गरि सम्मानित जिल्ला अदालत नवलपरासीमा पेश भएकोमा अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक बिनाेद सिलवालले बताउनुभएकाे छ ।

साथै हशिबुन निशा सगँ संलग्न उनकाँ साथी फरार अभियुक्तको खोज तलास भैरहेको समेत जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ ।
याे घटना उनकाे आफ्नै टिनको छानोले छाएको एकतले घरमा भएकाे हाे ।

 



Ads