ताजा अपडेटः

सवारी दुर्घटनामा एककाे मृत्युु

सवारी दुर्घटनामा एककाे मृत्युु प्रकाशित मिति: २१ जेष्ठ २०८०, आईतवार ०७:४९

कल्पना खरेल,नवलपरासी । गएराति अन्दाजी ११:५५ बजे पश्चिम नवलपरासीकाे रामग्राम न.पा. ८ हुलाकी सडक खण्डको बैकुण्ठ पुलमा सवारी दुर्घटना हुदा एककाे मृत्यु भएकाे छ ।

लु ११ प १९९३ नं. सुपर स्प्लेन्डर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाईते भएका माेटरसाइकल चालकलाई जिल्ला अस्पाताल परासीले उपचारका क्रममा आज बिहान २:०० बज मृत घोषणा गरेको हाे ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी टोली घटनास्थलमा पुगी उनलाई जिल्ला अस्पताल परासी ल्याइएको थियाे ।

अहिलेसम्म कुनैपनि नाम थर ठेगाना खुल्न नसककाे मृतककाे सनाखत हुन बाँकी रहेकोले शब सोही अस्पतालमा राखिएको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।

घटनाको विषयमा थप आवश्यक अनुसन्धान भइरहेको समेत उहाले जानकारी दिनुभयाे ।



Ads