ताजा अपडेटः

पुजा गर्न गएका एक भक्तजनको तालमा डुबेर मृत्यु

पुजा गर्न गएका एक भक्तजनको तालमा डुबेर मृत्यु प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलवार १२:०२

प्रदिप न्यौपाने , धनगढी । बेहडाबाबा धाम निकै चर्चामा रहेको एक धाम हो । आज बिहान करिव ५ बजे धनगढी उप-महानगरपालिका वडा नम्बर-१६ रामपुरमा रहेको बेहडाबाबा मन्दिर नजिकै रहेकाे तालमा एक भक्तजनकाे डुबेर मृत्यु भएकाे छ ।


आज गंगादशहरा व्रत,मनाउन नेपाल र भारतबाट धेरै भक्तजनको घुइँचो हुदै आएको यस बेहडाबाबा मन्दिर नजिकै तालमा पुजा गर्ने क्रममा उनकाे डुबेर मृत्यु भएको हो।

मृतककाे अहिलेसम्म नाम, थर नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।



Ads