ताजा अपडेटः

सुनवल -४ वडा कार्यालयमा याेजना तर्जुमा सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न

सुनवल -४ वडा कार्यालयमा याेजना तर्जुमा सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न प्रकाशित मिति: १४ जेष्ठ २०८०, आईतवार २१:४७

कल्पना खरल, नवलपरासी  । स्थानीय तहकाे याेजना तर्जुमा प्रक्रिया र याेजना प्राथमिकीकरण सम्बन्धि अनुशिक्षण कार्यक्रम आज पश्चिम नवलपरासीको सुनवल ४, वडा कार्यालय भवनमा सम्पन्न भएकाे छ ।


वडा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण पङ्गेनीकाे अध्यक्षतामा भएकाे उक्त अनुशिक्षण कार्यक्रममा याेजना भनेकाे के हाे ? याेजनाकाे आवश्यकता किन पर्छ? याेजना तर्जुमा गर्दा के-के कुरामा ध्यान दिनुपर्छ ? याेजनाका चरणहरू के-के हुन् ? याेजनाका प्राथमिकरण ? याेजनाका स्वरूपहरू, स्थानिय तहकाे याेजना तर्जुमाका आधारहरू लगायतका विषयमा जानकारी गराईएकाे थियाे ।

साेहि कार्यक्रममा बाेल्दै वडा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण  पङ्गेनीले वडा नम्बर ४ भित्र रहेका संघ सस्था,राजनैनिक दल ,अग्रज व्यक्तित्वलाई राखेर आगामी आर्थिक वर्ष २०८०/८१ का लागि याेजना तर्जुमा कसरी र कुन विधिबाट गर्न सकिन्छ भन्ने उदेश्य सहित कार्यक्रमकाे आयाेजना गरिएकाे बताउनुभएकाे छ ।

वडा नम्बर ४ का वडा सचिब सुस्मिता पाैडेलकाे संचालन रहेकाे कार्यक्रममा निवर्तमान वडा अध्यक्ष वीर बहादुर गुरूङ,उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य , महाकवि देवकोटा बहुमुखी क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछाने , मुलपानी सामुदायिक वनका अध्यक्ष यज्ञप्रसाद पाण्डे लगायतले बाेल्नुभएकाे थियाे  ।

विभिन्न राजनैतिक दल,संघसंस्थाका प्रतिनिधि, वडा प्रतिनिधि , स्वास्थ संस्थाका प्रतिनिधि , महिला उद्यम केन्द्रका प्रतिनिधि, सामुदाय वनका प्रतिनिधि, आमा समुहकाे प्रतिनिधि लगायत २५ जना बढिकाे उपस्थिति रहेकाे कार्यक्रमकाे मुख्य प्रशिक्षक खेमराज ढकाल रहनुभएकाे थियाे ।



Ads