ताजा अपडेटः

रमापुर माविलाई सफलता माथि फेरि अर्काे सफलता

रमापुर माविलाई सफलता माथि फेरि अर्काे सफलता प्रकाशित मिति: १४ जेष्ठ २०८०, आईतवार ०७:०१

कल्पना खरेल,नवलपरासी । विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी भई विजयी हुदैआएकाे  रमापुर माविले याे पटक पनि अर्काे सफलता हासिल गरेकाे छ ।

धान्यान्चल मावि बडेरामा संचालित बक्तृत्वकला प्रतियोगितामा रमापुर मावि सहभागी फेरि अर्काे सफलता हात पारेकाे हाे ।
नगर स्तरीय अन्तर माध्यमिक विद्यालय अन्तर्गत मैले किन सामुदायिक विद्यालय राेज्छु ? भन्ने शिर्षकमा भएकाे बक्तृत्वकला प्रतियोगितामा रमापुर मावि विजयी भएकाे हाे ।


रमापुर माविबाट विद्यार्थी स्मृति सापकाेटा सहभागी भई प्रथम भएकि थिईन् । धान्यान्चल मावि बडेराका अध्यक्ष सूर्य न्याैपानेकाे अध्यक्षतामा संचालन भएकाे उक्त प्रतियोगितामा १२ वटा माविकाे सहभागीता रहेकाेमा देवकाेटा नमुना मावि द्वितीय र धान्यान्चल मावि तृतीय भएका थिए ।

त्यसैगरी सुनवल नगरपालिकाकाे आयाेजनामा जनता मावि हर्कट्टामा संचालित नगर स्तरीय अन्तर आधारभूत विद्यालयमा विद्यार्थीका लागि माेबाईल र इन्टरनेटकाे प्रयाेग भन्ने अङ्ग्रेजी भाषा बक्तृत्वकला प्रतियोगितामा रमापुर मावि नै पुन प्रथम भएकाे छ ।


विद्यालयकाे तर्फबाट सहभागी विद्यार्थी अमन भूषालले उक्त बक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि रमापुर माविले थप सफलता हासिल गरेकाे हाे ।

जनता मावि हरकट्टाका अध्यक्ष जय प्रकाश चाैधरीकाे अध्यक्षतामा संचालित १८ वटा विद्यालयकाे सहभागीता रहेकाे उक्त प्रतियोगितामा ज्याेति मावि अस्नैया द्वितीय र भगवती मावि बनकट्टि तृतीय भएका छन् ।

 

 

 



Ads