ताजा अपडेटः

छैठौं मेयर कप फुटबल प्रतियोगिताकाे पहिलाे खेलमा वडा नम्बर ५ काे विजयी शुरूवात

छैठौं मेयर कप फुटबल प्रतियोगिताकाे पहिलाे खेलमा वडा नम्बर ५ काे विजयी शुरूवात प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार २२:५४

कल्पना खरेल, सुनवल । आज भएकाे  छैठौं मेहर कप फुटबल प्रतियोगितामा वडा नम्बर ५ ले विजयी शुरूवात गरेकाे छ ।


वडा नम्बर १ सगँ भएकाे प्रतिस्पर्धात्मक खेलमा सानदार खेल प्रर्दशन गरेका दुवै टिमले  कुनैपनि गाेल गर्न नसकेपछि पेनाल्टी सुटआउटमा वडा नम्बर ५ विजयी भएकाे हाे ।


छैठौं मेहर कप उपभोक्ता समितिका अध्यक्ष जित बहादुर पुनकाे अध्यक्षता तथा सुनवल नगरपालिकाकाे नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा  सुनवल  १० गैडाखालमा आजबाट मेहर कप फुटबल  सुरु भएको हो।


कार्यक्रममा बोल्दै नगर प्रमुख बिमला अर्यालले  फुटबल खेलले खेलाडि मात्र नभई गाउँ,  टाेल र नगर हुँदै राष्ट्रकाे पहिचान बनाउन अहम भूमिका खेल्ने हुदा अझ मर्यादित र  उत्कृष्ट बनाउदै अगाडि बढ्न नगर सरकार कटिबद्व रहेकाे जिकिर गर्नुभयाे ।


साेहि क्रममा बाेल्दै जिल्ला फुटबल संघका उपाध्यक्ष एवं सुनवल उधोग बाणिज्य संघका अध्यक्ष रमेश कर्मचार्यले खेलाडीलाई हरेक पाटाेबाट जाेगाउन नगर सरकार लाग्नुपर्ने उल्लेख गर्दै  उत्कृष्ट खेलाडीलाई  राष्ट्रिय स्तरकाे खेलमा समेत  सहभागी गराउन आवश्यक रहेकाे स्पष्ट पार्नुभयाे ।


वडा नम्बर १० का वडा अध्यक्ष दिल बहादुर थापाको स्वागत  रहेको कार्यक्रममा नगर उपप्रमुख सुर्य दुवे, जिल्ला फुटवल सघ अध्यक्ष धनप्रसाद गुरुङ, १३ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य,स्थानीय युवा क्लब, आमा समुह लगायत स्थानीयबासीकाे समेत उल्लेख्य उपस्थिति रहेकाे थियाे ।


भोलिकाे खेल वडा नम्बर ११ र वडा नम्बर १२ बिच प्रतिस्पर्धा  हुने आयाेजक समितिले जनाएकाे छ ।

उक्त खेल आजदेखि जेठ २० सम्म संचालन हुनेछ । खेलमा नगरका १३ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रथम पुरस्कार रु.१ लाख ४० हजार नगद , दोस्रो पुरस्कार  रु. ८० हजार नगद , तेस्रो र चौथो पुरस्रुकार २५ हजार नगद सहित ट्रफी को व्यवस्था रहेको छ ।



Ads