ताजा अपडेटः

द पायनियर से. ई.बाे.स्कुलमा चित्रकला र हिज्जे प्रतियोगिता सम्पन्न

द पायनियर से. ई.बाे.स्कुलमा चित्रकला र हिज्जे प्रतियोगिता सम्पन्न प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार २१:२४

कृष्ण प्रसाद शर्मा, सुनवल । द पायनियर सेकेण्डरी ईङ्लिस बाेर्डिङ स्कुल सुनवल-१ मा आज चित्रकला प्रतियोगिता र हिज्जे प्रतियोगिता सम्पन्न भएकाे छ ।


सिर्जनशील बाल क्लवका उपाध्यक्ष विपिन गैरेकाे अध्यक्षता तथा विद्यालयका प्राचार्य कृष्ण प्रसाद शर्माकाे प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिता सम्पन्न भएकाे हाे ।


प्रतियोगितामा बाेल्दै प्रमुख अतिथि कृष्ण प्रसाद शर्माले विद्यालयले सबै बालबालिकालाई स्वतन्त्र रूपमा सिक्ने अवसर प्रदान गरेकाे र आगामी दिनहरूमा पनि बालबालिकाकाे सृजनात्मक अभिवृद्धिका कार्यक्रम आयाेजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।


विद्यार्थीहरूकाे उत्साहपूर्ण सहभागीता रहेकाे उक्त कार्यक्रममा वडा बाल संजाल सुनवल वडा नम्बर १ काे बालबालिकाकाे सहभागीता रहेकाे थियाे ।


पायनियर सिर्जनशील बाल क्लबका सचिव आदर्श बस्यालकाे स्वागत र सह-सचिव शाहिल न्याैपानेकाे संचालन रहेकाे कार्यक्रममा वडा बाल संजाल वडा नम्बर १ का अध्यक्ष शुसान श्रेष्ठ, शिक्षक संयाेजक विजय कुमार चाैधरी, वडा बाल संजाल सचिव निशा गाैतम, काेषाध्यक्ष दुर्गा दर्लामी , बालमैत्री स्वयंसेवक हुम कुमारी थापा लगाएतकाे उपस्थिति रहेकाे थियाे ।



Ads