ताजा अपडेटः

नेपाल टेड्र युनियन कांग्रेस नवलपरासीको अध्यक्षमा पुन:  अर्याल

नेपाल टेड्र युनियन कांग्रेस नवलपरासीको अध्यक्षमा पुन:  अर्याल प्रकाशित मिति: २४ बैशाख २०८०, आईतवार ०७:२७

कल्पना खरेल नवलपरासी । नेपाली कांग्रेस निकट पेशागत संगठनको साझा संगठन नेपाल टेड्र युनियन कांग्रेस नवलपरासीको ७ औं जिल्ला अधिवेशनले अध्यक्षमा पुनःज्ञानहरी अर्याल चयन गरेको छ।

नेपाल टेड्र युनियन कांग्रेस नवलपरासीका अध्यक्ष ज्ञानहरि अर्यालको अध्यक्षतामा एवं संविधानसभा सदस्य एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनालको प्रमुख आर्थित्यतामा ओैपचारीक कार्यक्रम सकि बन्द सत्रमा लामाे समय छलफल पश्चात् पुन: अर्याललाई अध्यक्षमा चयन गरेकाे हाे ।

जसको उपाध्यक्षमा संजय श्रेष्ठ,जमुना पाठक,सेवा क्षेत्रतर्फ राजेश पाण्डेय,उत्पादनक्षेत्रबाट नारायण प्रसाद सापकोटा र औपचारिक स्वरोजगार क्षेत्रबाट टकप्रसाद न्यौपाने चयन हुनुभएकाे  छ ।

भने सचिवमा योगेश्वर बस्याल सहसचिवहरुमा गौरीशंकर पाण्डे,चेतननाथ पौडेल र कोषाध्यक्षमा तरेन्द्र बर्मालाई चयन गरिएकाे छ ।

त्यसैगरी सदस्यहरुमा अशोक त्रिपाठी,मुवार पठान,राजन क्षेत्री,सन्तोष यादव,उत्तम कण्डेल,राधिका पराजुली,भगवती चौधरी,श्रीजना पौडेल,श्रीजना चौधरी चयन हुनुभएकाे छ भने
संघीय प्रतिनिधिमा नेत्रलाल न्यौपाने,धर्मदत्त चापागाईं,मन्जु खत्री र प्रदेश प्रतिनिधिमा भविश्वर पाण्डे,भोजराज चापागाईं,निर्मेश कुमार चौधरी,सुवेन्द्र कुमार योगि,सदानन्द गुप्ता,कुश्माखर चापागाईं,शेख कुमारी भट्टराईलाई चयन गरिएको  छ ।

कार्यक्रम  ट्रेड युनियन कांग्रेस नवलपरासीका जिल्ला उपाध्यक्ष राजेश पाण्डेको स्वागत र युनियनका जिल्ला सचिव धर्मदत्त चापागाईंको संचालन रहेकाे कार्यक्रममा नेपाल ट्रेड यूनियन काग्रेसंका केन्द्रीय सदस्य अयाेध्या प्रसाद यादव,नेपाली काग्रेंस लुम्बिनी प्रदेश सदस्य भिम बहादुर थापा भरत, नेपाली काग्रेस नवलपरासीका विक्रम प्रसाद यादब लगायतले बाेल्नुभएकाे थियाे ।



Ads