ताजा अपडेटः

पश्चिम नवलपरासीको सुनवलमा याेग शिविर संचालनमा

पश्चिम नवलपरासीको सुनवलमा याेग शिविर संचालनमा प्रकाशित मिति: २० बैशाख २०८०, बुधबार ११:२२

कल्पना खरेल,सुनवल । याेग र ध्यान स्वस्थ र निराेगी हुनकाे लगी एक बरदान साबित रहनेगर्दछ । मानिसलाई गाँस,बास र कपास सगै महत्त्व राख्ने अर्काे पाटाे याेग र ध्यान पनि हाे ।

जसले तपाईलाई स्वस्थ मात्र हाेइन खुशि,जागर र दिनभर उर्जा पनि प्रदान गर्ने गर्दछ । बढ्दाे सहरीकरण र bg life सगै मानिसहरू स्वस्थ रहन हजाराै पैसा तितेर व्यापार ,याेग शिविरमा सहभागी हुने गर्छन् ।


त्यसलाई ध्यानमा राख्दै सुनवल सामुदायिक सिकाई केन्द्र सुनवल १, ले सुनवल नगरपालिकाे सहयाेगमा निशुल्क याेग कक्षा संचालन गर्दै आईरहेकाे छ ।

यहि पुसकाे १ गतेबाट संचालनमा आएकाे निशुल्क याेग कक्षामा
याेग गुरु विमा थापाबाट बिहान ५ बजेदेखि ६:३० बजेसम्म जीवन उपयाेगि विभिन्न किसिमका याेगाहरू सिकाउने गरिन्छ ।जहाँ सुनवल नगरपालिका भित्रका वडा नम्बर १,३ र ६ का गरि अहिलेसम्म ३० जना भन्दा बढि नगरबासि सिक्न आउनेगरेका छन् ।


त्यतिमात्र नभएर जिवनयाेग प्रयाेगशाला कक्षाद्वारा सुनवल नगरपालिकाकाे ५ वटा क्षेत्रहरू वडा नम्बर १,२,३,४ र ९ मा संचालित जेष्ठ नागरिक दिवा सेवा केन्द्रका आमा बुवा हरूलाई याेगध्यान प्राणायाम गराउदै आएकाे छ ।


जेष्ठ नागरिक दिवा सेवा केन्द्रका आमाबुबाहरू दिउसाेकाे समयमा सुत्ने र नाच्ने बाहेक अरू पनि सारिरिक व्यायाम गर्नुपर्छ है भन्ने ध्येयले उहाँहरूकाे लागि याेगध्यान प्राणायाम गराउदै आएकाे हाे ।
उमेर सगै बढ्दै गएकाे स्वासप्रस्वासलाई ख्याल गर्दै विभिन्न विधिद्वारा फाेक्साे मुटुलाई स्वस्थ राख्ने प्रयास भईरहेकाे छ ।

आउनुस् हामी पनि हाम्रो स्वास्थलाई ध्यानमा राख्दै २४ घण्टामा विहान डेढ घण्टा याेग कक्षामा सहभागी भए एकातर्फ दिनभर फुर्तिलो पनि भईने अर्काेतर्फ स्वस्थकर पनि भईने गरिन्हछ  । हजाराै र लाखाैमूल्य भन्दा महत्त्वपूर्ण हाम्रो स्वास्थ, हामी स्वास्थ रहन सके स्वस्थ परिवार र समुन्नत समाज निर्माण गर्न सक्छाै ।



Ads