कल्पना खरेल,सुनवल । नेपाल मगर संघ केन्द्रीय समितिको आयोजना तथा लुम्बिनी मगरात प्रदेश समितिको सह आयोजना एबम रुपन्देही जिल्ला समन्वय समितिको व्यवस्थापनमा बुटवलमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
केन्द्रीय उप महासचिव एबम प्रशिक्षण बिभागका सह संयोजक मिन बहादुर दर्लामि मगरको अध्यक्षतामा तथा केन्द्रीय सह अध्यक्ष गङ्गा खासु मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका सह अध्यक्ष दल बहादुर बिरकट्टा, संघका बरिस्ठ उपाध्यक्ष धन बहादुर पुन मगर, संघका महिला उपाध्यक्ष गिता सारु मगर, संघका उप महासचिव कमला थापा मगर, संघका सदस्य जासु पुन मगर, लुम्बिनि मगरात प्रदेश अध्यक्ष दिल बहादुर थापा, प्रदेश उपाध्यक्ष मन बहादुर थापा मगर, उपाध्यक्ष जनक थापा मगर, भाषिक उपाध्यक्ष मन बहादुर थापा, कोषाध्यक्ष तारा पुन मगर लगाएतको उपस्थिति रहेको थियो ।
त्यसैगरी कार्यक्रममा साबिक लुम्बिनी अञ्चल भित्र पर्ने ६ वटा जिल्ला पाल्पा, गुल्मि, अर्घाखाँची, कपिलवस्तु , रुपन्देही र नवलपरासी जिल्ला भित्रको संघमा आबद्ध जिल्लाका पदाधिकारीको र उप महानगर नगरपालिका र गाउपालिका पदाधिकारी साथै भातृ संगठनका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण संघका सह अध्यक्ष गङ्गा खासु मगर, सह अध्यक्ष दल बहादुर बिरकट्टा मगर र संघका बरिस्ठ उपाध्यक्ष एबम सुन्छरी गाउपालिकाका अध्यक्ष धन बहादुर पुन मगरले सहजीकरण गर्नु भएको लुम्बिनी प्रदेशका उपाध्यक्ष मन बहादुर थापाले बताउनु भयो ।
कार्यक्रममा स्वागत मन्तव्य लुम्बिनी प्रदेश अध्यक्ष दिल बहादुर थापाले दिनु भएको कार्यक्रमको संचालन केन्द्रीय उपाध्यक्ष गिता सारु मगरले गर्नु भएको थियो ।