ताजा अपडेटः

प्रमुख प्रशासकीय अधिकृत फेरिरहने परिपाटीको अन्त्य गर्ने नगरप्रमुख अर्यालकाे दाबी / सबै मिलेर सहकार्य गर्न आग्रह

प्रमुख प्रशासकीय अधिकृत फेरिरहने परिपाटीको अन्त्य गर्ने नगरप्रमुख अर्यालकाे दाबी / सबै मिलेर सहकार्य गर्न आग्रह प्रकाशित मिति: ८ बैशाख २०८०, शुक्रबार ०७:०८

कल्पना खरेल,सुनवल । एकै साल भित्र ३-३ पटक प्रमुख प्रशासकीय अधिकृत फेरवदल हुने सुनवल नगरपालिकाकाे विगतदेखिकाे परिपाटीको अन्त्य गर्ने नगरप्रमुख विमला अर्यालले दावी गर्नुभएकाे छ ।

विभिन्न राजनीतिक दलहरुले विभिन्न  १२ बुदे माग सहित बुझाएकाे ज्ञापन पत्र बुझ्दै नगरप्रमुख अर्यालले यस्ताे परिपाटीको अन्त्य गरेरै छाड्ने दाबी गर्नुभएकाे हाे ।

सर्वदलिय छलफल कार्यक्रममा बाेल्दै नगरप्रमुख अर्यालले विभिन्न अनलाइन पत्रिकामा प्रकाशित भएका आफ्नाे पार्टी समर्थक नभएका कारण सरूवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत रमेश गाैतमलाई कार्यालयमा छिर्न राेक लगाईयाे भन्ने समाचारमा कुनै सत्यता नभएकाे जिकिर गर्नुभयाे ।

२ वर्षसम्म कर्मचारीले काम गर्न सक्ने कानुनि प्रावधान रहेपनि केही विराेधीले वर्तमान नगरसरकारलाई असफल गराउने कुनियतका साथ षड्यन्त्र रचिएकाे भन्दै आफू कत्तिपनि विचलित नभएकाे स्पष्ट पार्नुभयाे ।

नगरर भित्रका पाचँ दलहरू द्वारा विगत केही दिनदेखी सुनवल नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत नभएका कारण विकास योजनाहरूका साथै नगरका दैनिक कामकाज प्रभावित भएको भन्दै तत्काल कार्यालयमा हाजिर गराउन माग गरेका छन् ।

जसकाे जवाफमा नगरप्रमुख अर्यालले आईतवारदेखि प्रमुख प्रशासकीय अधिकृत नगरपालिकामा आइपुग्ने र कामकाज द्रुत गतिमा अगाडि बढ्ने जानकारी दिनुभयाे ।

ज्ञापन पत्रमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट नियुक्ति भई आएका कर्मचारीलाई समेत राजनैतिक पुर्वाग्रह राखी हाजिर हुन नदिएकाे,नदिजन्य पदार्थको चोरी निकासी भैरहेकाे, पार्टी कार्यालयको रुपमा नगरपालिकाकाे प्रयाेग भैरहेकाे उल्लेख गरीएकाे छ ।

जसकाे जवाफमा नगरप्रमुख अर्यालले नदिजन्य पदार्थको चाेरीनिकासी राेक्नु सबैकाे समान दायित्व भएका कारण सबै मिलेमा यसकाे नियन्त्रण सहजै गर्न सकने धारणा राख्नुभयाे ।
त्यसैगरी १२ बुदे मागमा भ्रमणका नाममा छुट्टाइएका फुजुल खर्च बन्द गर्नुपर्ने, कर्मचारी भर्नामा राजनीतिकरण गर्न बन्द गर्नुपर्ने लगाएतका माग गरिएको छ ।

नगरप्रमुख अर्यालले अहिलेकाे नगर सरकारले फुजुल खर्च कटाैति गरि कर्मचारी भर्नामा गलत गरेकाे भए प्रमाण पेश गर्न आग्रह गर्दै भएका करारका कर्मचारी समेत आफुहरूले एउटा पनि ननिकालिएकाे दाबी गर्नुभयाे ।

साथै नगरप्रमुख अर्यालले नगरबासीकाे हक, हित सरंक्षण र अधिकारका लागि नगरसरकार सदैव कटिबद्ध रहेकाे समेत धारणा राख्नुभयाे ।

ज्ञापन पत्रमा नेपाली काग्रेस ,नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतरन्त्र पार्टी, नेकपा एकिकृत समाजवादी र राष्टिय जनमोर्चाको हस्ताक्षर रहेको छ।

ज्ञापनपत्र बुझाउदै  तीन दिनभित्र माग पूरा नभए चरणबद्ध आन्दोलनका कार्यक्रम तय गरिने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । भने नगरप्रमुख अर्याद्वारा आउनुस् सबै मिलेर सहकार्य गर्दै नगरपरिवर्तनमा एकढिक्का भएर लागाै भनी आग्रह गर्नुभयाे ।

 

 

 



Ads