ताजा अपडेटः

नेपाली सेनाद्वारा प्रेसर कुकर बम डिस्पोज गरियो

नेपाली सेनाद्वारा प्रेसर कुकर बम डिस्पोज गरियो प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार १५:४४

रूपन्देही । नेपाली सेनाको टोलीद्वारा  रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको घर पछाडि राखिएको प्रेसर कुकर बम डिस्पोज गरेको छ ।

नेपाली कांग्रेस रुपन्देहीका उपसभापति समेत रहनुभएका गाउँपालिका अध्यक्ष घिमिरेको सियारी–६ स्थित घरको पछाडिपट्टि सिमेन्टको बोराभित्र राखिएको बम आज दिउँसो १२ बजेतिर नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो ।

जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालका अनुसार  बम राखेको ठाउँमा मधेश पिपुल्स पार्टीको नाममा पर्चाहरु भेटिएको खुल्न आएकाे छ ।



Ads