ताजा अपडेटः

सुरक्षित आप्रवासन ( सामी ) कार्यक्रम गहन अभिमुखीकरण कार्यक्रम आज सुनवल -३ मा सम्पन्न

कल्पना खरेल
सुरक्षित आप्रवासन ( सामी ) कार्यक्रम गहन अभिमुखीकरण कार्यक्रम आज सुनवल -३ मा सम्पन्न प्रकाशित मिति: २४ चैत्र २०७९, शुक्रबार २२:१७

 

कल्पना खरेल, सुनवल । सुरक्षित आप्रवासन ( सामी ) कार्यक्रम गहन अभिमुखीकरण कार्यक्रम आज सुनवल नगरपालिका वडा नम्बर ३ मा सम्पन्न भएकाे छ ।

वडा नम्बर ३ का वडा अध्यक्ष पविन गुरूङ्गकाे अध्यक्षतामा भएकाे यूवा लक्षित कार्यक्रममा सुरक्षित वैदेशिक राेजगार कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराईएकाे थियाे ।


कार्यक्रममा बाेल्दै कार्यक्रमका अध्यक्ष तथा वडा अध्यक्ष पविन गुरूङ्गले देशमै राेजगार सिर्जना गराै, वैदेशिक राेजगार गर्नै परेमा श्रम स्वकृति लिएर, कुनै पनि विषयमा तालिम लिएर मात्र बैदेशिक यात्रा गराै भनी सुझाब दिनुभएकाे थियाे ।


साे कार्यक्रममा वैदेशिक यात्रा गर्दा विमा अनिवार्य गराै, मेनपावरमा पैसा दिदा बैंक मार्फत काराेबार गर्नुपर्ने विषय उठान गरिएकाे थियाे ।

गल्फ कन्ट्रि र मलेसिया जाने यूवाहरूकाे लागि विशेषगरी सुरक्षित आप्रवासन ( सामी ) कार्यक्रम नेपाल सरकार र स्विस सरकारकाे द्विपक्षीय सम्झौता अन्तर्गत संचालनमा रहेकाे साे कार्यक्रममा वडा नम्बर ३ का १५ जना यूवाहरूकाे सहभागीता रहेकाे वडा अध्यक्ष पविन गुरूङले जानकारी गराउनुभएकाे थियाे ।




Ads