ताजा अपडेटः

सुनवल जेसीस बर्ष २०२३ द्वारा  होलि मिलन कार्यक्रम सम्पन्न

सुनवल जेसीस बर्ष २०२३ द्वारा  होलि मिलन कार्यक्रम सम्पन्न प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलवार २०:०८

कल्पना खरेल,सुनवल । सुनवल जेसीस बर्ष २०२३ द्वारा सुनवल नगरपालिका वडा नम्बर १ सोमनाथमा अवस्थित आफ्नै भवनमा होलि पर्वको अवसर पारि होलि मिलन कार्यक्रम सम्पन्न भएको छ ।

जेसीस बर्ष २०२३ का अध्यक्ष बिकास आचार्यको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नम्बर १ अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उधोग बाणिज्य संघ नवलपरासीका सचिब तारा आचार्य,जेसीसका संस्थापक अध्यक्ष रेशम शर्मा, जेसीस बर्ष २०२२ का अध्यक्ष जमुना थापा, जेसीस बर्ष २०२० का अध्यक्ष उद्वव पौडेल,बर्ष २०१९ का अध्यक्ष जीबन पौडेल, बर्ष २०१७ का अध्यक्ष चुरामनी गैरे लगाएतको उपस्थित रहेकाे थियाे ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन बहादुर थापा मगरले  सुनवल जेसीसले सुरुवाति काल देखिनै समाजको रुपान्तरण र बिकासकाे निम्ति विभिन्न किसिमको काम गर्दै आएकोले जेसीसको सम्पुर्ण टिमलाई धन्यवाद व्यक्त गर्नुभयाे ।

उहाँले होलि पर्व भनेको असत्य माथि सत्यको विजय भएकाे दिनकाे रूपमा हर्ष उल्लासका साथ मानाउनुपर्ने  उल्लेख गर्नुभयाे साेहि कार्यक्रममा २ वटा  घैटाे फुताल्ने प्रतियोगिता  पनि आयाेजना गरिएको थियो ।
होलि मिलन कार्यक्रमका संयोजक एवम् कोषाध्यक्ष बिनोद पाण्डेकाे स्वागत  र महासचिव सपना शर्माकाे संचालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।



Ads