कल्पना खरेल,सुनवल । नेपाल मगर संघ लुम्बिनी मगरात प्रदेश समितिको १३ औ बैठक कपिलवस्तु बाणगङ्गा नगरपालिकाको चनौटामा सम्पन्न भएको छ ।
मगर संघ लुम्बिनी प्रदेशका अध्यक्ष बिमल सारु मगरको अध्यक्षतामा बसेकाे बैठकले विभिन्न विषयमा छलफल गरी निर्णय गरेकाे छ ।
यहि फागुन २७ र २८ गते सम्पन्न हुन गैरहेको एतिहासिक प्रदेश समितिको दोस्रो अधिबेशनको उद्घाटन सत्रमा प्रदेश भित्र रहेका १२ वटै जिल्ला भरिका सबै प्रतिनिधी सभा सदस्यमा निर्बाचित, राष्ट्रिय सभा सदस्यमा निर्बाचित,प्रदेश सभा सदस्यमा निर्बाचित साथै नगर प्रमुख, गाउँपालिका अध्यक्ष तथा वडा अध्यक्ष गरी प्रदेश भित्र निर्बाचित भएका २ सय ७७ जना जनप्रतिनिधिहरुलाई सम्मान पत्रले सम्मान गर्ने निर्णय गरेकाे छ ।
त्यस्तै प्रत्येक गाउँपालिका र नगरपालिकाबाट २ /२ जना प्रतिनिधि ल्याउने उप महानगर बाट ४/४ जना प्रतिनिधि र सबै जिल्लाबाट ३/३ जना प्रतिनिधि ल्याउने निर्णय भएको छ ।
यसैगरी अधिबेशन सम्पन्न गर्नुको निम्ति विभिन्न उप समिति समेत गठन गरीएकाे छ ।
जस्तै मन्च व्यवस्थापनको लागि समितिका उपाध्यक्ष धनि आलेको संयाेजकत्वमा ३ सदस्यीय समिति, कोषाध्यक्ष दिल बहादुर थापाको संयाेजकत्वमा ३ सदस्यीय आर्थिक समिती , सचिब जितु मगरको संयोजकत्वमा ३ सदस्यीय जननप्रतिधि अतिथि सत्कार समिति,प्रकाश पुनको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति, तारा पुन मगरको संयोजकत्वमा ३ सदस्यीय प्रचारप्रसार समिति गठन भएको छ ।
त्यस्तै कृष्ण सारु मगरको संयोजकत्वमा ३ सदस्यीय झाकि र्याली समिती र ज्ञानु देवि सारु मगरको संयोजकत्वमा ३ सदस्यीय सांस्कृतिक समिति गठन भएको नेपाल मगर संघ लुम्बिनी मगरात प्रदेश सदस्य मन बहादुर थापा मगरले जान्कारी दिनुभएको छ ।