ताजा अपडेटः

महिला,बालबालिका तथा जेष्ठ नागरिक विरूद्व हुने अपराध नियन्त्रण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

महिला,बालबालिका तथा जेष्ठ नागरिक विरूद्व हुने अपराध नियन्त्रण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न प्रकाशित मिति: २२ फाल्गुन २०७९, सोमबार २०:२९

कल्पना खरेल,सुनवल । हर प्रहर गाउँ र नगरी, टाेल टाेलमा नेपाल प्रहरी भन्ने नारा सहित जिल्ला प्रहरी कार्यालय नवलपरासीमा आज एक छलफल तथा अन्तरर्क्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकाे आयाेजनामा महिला,बालबालिका तथा जेष्ठ नागरिक विरूद्व हुने अपराध नियन्त्रण सम्बन्धमा रणनीति बनाउन नागरिक र सराेकारवाला पक्ष सहितकाे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हा ।


प्रहरी उपरीक्षक विनाेद सिलवालकाे अध्यक्षता तथा रामग्राम नगरपालिकाकाे नगर उपप्रमुख सम्झना चाैधरीकाे प्रमुख आतिथ्यतामा भएकाे उक्त कार्यक्रममा विभिन्न सराेकारवाला संघसंस्थामा आबद्ध क्रियाशील महिला प्रतिनिधि लगाएत महिला पत्रकारको सहभागीता रहेकाे थियाे ।


कार्यक्रममा बाेल्दै प्रहरी उपरीक्षक सिलवालले अन्तरक्रिया कार्यक्रमकाे उदेश्यमाथी प्रकाश पार्नुभएकाे थियाे । जसलाई आधार मानेर उपस्थित महिलाको क्षेत्रमा काम गर्नुभएका महिला अधिकारकर्मीहरूले महिलाले घरदेखि गाउँ समाजमा भाेग्दै आएका समस्या,चुनाैती र अप्ठारालाई केन्द्रित गर्दै सुझाब र धारणा राखेका थिए ।

साथै उनिहरूले महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्ध हुने अपराध न्यूनिकरण गर्न स्थानीयस्तरबाट नै विभिन्न किसिमका तालिम र सचेतता मुलक कार्यक्रमहरू ल्याउनुपर्ने माग गरेका थिए ।


त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख चौधरीले चुनाैती र समस्या सबैलाई आइपर्ने बताउदै त्यसकाे प्रतिकार आफैबाट गर्नुपर्ने धारणा व्यक्त गर्नुभयाे ।


उहाँले महिला,बालबालिका तथा जेष्ठ नागरिककाे पक्षमा रामग्राम नगरपालिकाले गर्भ गर्न लाएकका कामहरू गरेकाे टिप्पणी गर्नुभयाे ।
कार्यक्रमको संचालन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब  उपरिक्षक एवंम सूचना अधिकारी भोजराज पाण्डेल गर्नु भएको थियो ।



Ads