ताजा अपडेटः

१० लाख भन्दा बढि मुल्य बरामरकाे मोवाईल बरामद

१० लाख भन्दा बढि मुल्य बरामरकाे मोवाईल बरामद प्रकाशित मिति: २२ फाल्गुन २०७९, सोमबार १३:५३

कल्पना खरेल,सुनवल । आज पश्चिम नवलपरासीकाे पाल्हिनन्दन गा.पा. ५ भगतपुरामा अबैध रुपमा भन्सार छलेर भारतबाट नेपाल ल्याउदै गरेकाे १० लाख मुल्य बराबरकाे माेबाईल बरामद गरिएकाे छ ।
विहान अन्दाजी १०:४० बजे मोटरसाईकलमा ल्याउदै गरेको Smart7 मोवाईल ११ पिस (प्रति पिस रु.१७,०००/- को दरले) अं. मुल्य रु. १ लाख ८७ हजार र POCO M4 Pro मोवाईल २५ पिस (प्रति पिस रु. 35 हजार को दरले) अं. मुल्य रु.८ लाख ७५ हजार गरी जम्मा अन्दाजी मुल्य रु.१० लाख ६२ हजार माेबाईल बरामद गरिएको हाे ।

प्रहरी चौकी गिर्मी बाट प्रहरी सहायक निरीक्षक कमाण्डमा खटि गएको प्रहरी टोलीले साे माेबाईल नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय महेशपुर पठाउने कार्य भइरहेको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।



Ads