ताजा अपडेटः

विधार्थी बेहाेस हुन थालेपछि परासीकाे आदर्श मावि काे पठनपाठन बन्द

विधार्थी बेहाेस हुन थालेपछि परासीकाे आदर्श मावि काे पठनपाठन बन्द प्रकाशित मिति: १५ फाल्गुन २०७९, सोमबार २०:३५

 

सुरेश यादव,परासी। पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेकाे आदर्श माविका विधार्थीहरु हिजाे बाट अचानक बेहाेस हुन थालेपछि पठनपाठन बन्द भएकाे छ ।

लगातार दुई दिन देखि बिधार्थीहरु बेहाेस हुने क्रम बढ्दै गएपछि २ दिनकाे लागि बिधालय बन्द गरिएकाे बिधालयले जनाएको छ ।

कक्षा ६ देखि ९ सम्म अध्यनरत छात्राहरुमा बेहाेस हुने समस्या देखिएको बिधालयका प्रधानाध्यापक दिपक भट्टराईले जानकारी दिनुभयाे ।

उहाँका अनुसार आईतबार हिजाे १० बजे प्रार्थना काे समयमा ६ जना छात्राहरु बेहाेस भएका थिए । आज बिधालय शुरु हुनै लाग्दा थप १० जना छात्राहरु बेहाेस भएपछि पृथ्वी चन्द्र जिल्ला अस्पतालमा उपचारका लागि पठाईएकाे प्रधानाध्यापक भट्टराईले बताउनुभयो ।

राेग पत्ता नलागेपछि अन्य विधार्थीहरुमा संक्रमण नहाेस् भनेर रामग्राम नगरपालिकाकाे समन्वयमा आज र भाेली गरि दुई दिन बिधालय बन्द गर्ने निर्णय गरिएकाे बिधालयका एक शिक्षकले जनाएका छन् ।

अस्पतालमा हाल १० जना छात्राहरु उपचाररत रहेकाे र बेहाेस हुने संख्या बढ्दै गएकाे पृथ्वी चन्द्र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.माेहम्मद नुरुल हाेदाले जानकारी दिनुभयाे ।

हिजाे आएका ३ जनालाई उपचार पछि घर पठाईएकाे र आज १० जनाकाे उपचार भईरहेकाे डा.हाेदाले बताउनुभयो । याे मासहिस्टेरिया हुनसक्ने भएकाेले बिधालयमै गएर अध्ययन गरिने उहाँले बताउनुभयो ।

मानसिक समस्याका कारणले यस प्रकारकाे राेग देखिने भएकाेले स्वास्थ्यकर्मीहरु परिचालन गरि बिधालयका शिक्षक,अभिभावकलाई काउन्सिलिङ गरिएकाे डा.हाेदाले बताउनुभयो ।



Ads