ताजा अपडेटः

राष्ट्रिय लोक दोहोरी प्रतीष्ठानको आठौं महाधिवेशनमा नवलपरासीका लोक गायक भरत पौडेल क्षेत्रीको उम्मेद्बारी

राष्ट्रिय लोक दोहोरी प्रतीष्ठानको आठौं महाधिवेशनमा नवलपरासीका लोक गायक भरत पौडेल क्षेत्रीको उम्मेद्बारी प्रकाशित मिति: ११ फाल्गुन २०७९, बिहीबार ०७:५४

प्रदिप न्याैपाने,सुनवल ।राष्ट्रिय लोक दोहोरी प्रतीष्ठानको आठौं केन्द्रिय महाधिवेशनमा नवलपरासीका लोक दोहोरी गायक भरत पौडेल क्षेत्रीले उम्मेद्बारी दिएका छन ।

धादिङमा यही फागुन १२ देखि १४ सम्म हुन गहिरहेको महाधिवेशनमा आफ्नो उम्मेद्बारी केन्द्रिय सदस्य पदमा रहेको भन्दै अत्यधिक मतदानले बिजय गराइदिन लोक पारखीलाई अपिल पनि गरेका छन।

आफूले लोक दोहोरीगीत प्रतीष्ठानमा थप नयाँ केही गर्न सकिने भएकाले उम्मेद्बारी दिएको बताउछन ।उनी क्षेत्री २०६० सालबाट निरन्तर प्रतीष्ठानमा आबद्ध रहेको आएको, लुम्बिनी प्रदेश भूगोल तर्फ केन्द्रिय सदस्य हुँदै निरन्तर २ कार्यकाल नवलपरासी लोक दोहोरी प्रतीष्ठानमा अध्यक्ष रहेका थिय। उनले दर्जनौं लोक गीत सार्बजनिक गरिसकेका छन र अभिनय पनि गरिसकेका छन।



Ads