ताजा अपडेटः

बेचु कहार (गौड)काे अध्यक्षतामा पश्चिम नवलपरासीमा परासी प्रेस कल्बको गठन

बेचु कहार (गौड)काे अध्यक्षतामा पश्चिम नवलपरासीमा परासी प्रेस कल्बको गठन प्रकाशित मिति: ९ फाल्गुन २०७९, मंगलवार २१:३७

 

कल्पना खरेल, सुनवल । बेचु कहार (गौड)काे अध्यक्षतामा पश्चिम नवलपरासीमा परासी प्रेस कल्बको गठन भएकाे छ ।

सञ्चार क्षेत्रमा आबद्ध जिल्ला भित्रका पत्रकारहरुको उपस्थितिमा आज बसेको बैठकले कहारलाई सर्वसम्मत रुपमा कल्बको अध्यक्षमा निर्वाचित गरेको हो ।

१३ सदस्यीय गठित कल्बको उपाध्यक्षमा भने सद्धाम हुसेन अन्सारी, महासचिवमा मोहन पौडेल, सचिवमा उमेश वि.क. र रेनुका चौधरी, कोषाध्यक्षमा गौरीशंकर जयसवाल (कलवार) रहनुभएकाे छ भने सदस्यहरुमा क्रमशः सन्जिव कोईराला, राज चौधरी, गीता भट्टराई, रामकरन हरिजन, सन्जय कुशवाह, नीलम केसी, अन्नु कुमारी सुनार चयन हुनुभएको छ ।

लामाे समयदेखि पत्रकारीता क्षेत्रमा दखल भएका दिग्गज पत्रकार देखि सुरूवाती अवस्थाका इच्छुक संचारकर्मि समेत आवद्व हुन सक्ने यस परासी प्रेस कल्बमा पत्रकारका हक,अधिकार,चुनाैती र धम्कीलाई समेत एकबद्व भएर आवाज उठाउने सङ्कल्प गरीएकाे छ ।



Ads