ताजा अपडेटः

डाक्टर माथी प्रहरीको लाठीचार्ज

डाक्टर माथी प्रहरीको लाठीचार्ज प्रकाशित मिति: २८ माघ २०७९, शनिबार ०६:३२

 

 

 

प्रदिप न्याैपाने,धनगढी । सर्जरी सकेर घर हिँडेका डाक्टरमाथि प्रहरीले लाठीचार्ज गरेको । राष्ट्रपति विद्या देवी भण्डारी कार्यक्रम सकेर सितल निवास फर्किने समय भएकाे बेला सडकमा निस्किन खोजेको भन्दै प्रहरीले डाक्टरलाई लाठीचार्ज गरेको हो।

उनी राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह हुन् । साइकलमा सधैब आओत जाओेत गर्ने उनी अस्पतालबाट बाहिर निस्किए र वीर अस्पताल अगाडि रहेको आकासे पुल मुनि पुगेका थिए ।

प्रहरीले उनलाई ट्रमा सेन्टरकै पार्किङतिर फर्किन सुझाब दिए तर उनले नमानेपछि उनीमाथि प्रहरीले लाठी बर्साएको थियो ।
टाउकोमा चोट लागेका उनको ट्रमा सेन्टरमा अहिले उपचार भइरहेको छ ।

यो विषयलाई लिएर घटनामा संलग्न प्रहरीलाई कारबाही गर्नुपर्ने माग गर्दै डाक्टरहरू यतिबेला आन्दोलित भएका छन् ।



Ads