ताजा अपडेटः

सुनवल यूनाइटेड इङ्लिस बाेर्डिङ्ग सेकेण्डरी स्कुलद्वारा सफल विद्यार्थीलाई सम्मान

सुनवल यूनाइटेड इङ्लिस बाेर्डिङ्ग सेकेण्डरी स्कुलद्वारा सफल विद्यार्थीलाई सम्मान प्रकाशित मिति: २५ माघ २०७९, बुधबार १६:५८

 

कल्पना खरेल, सुनवल । पश्चिम नवलपरासीकाे सुनवल -४ रमवापुरमा अवस्थित सुनवल यूनाइटेड इङ्लिस बाेर्डिङ्ग सेकेण्डरी स्कुलले आज एक कार्यक्रमकाे आयाेजना गरि आफ्नाे सफल विद्यार्थीलाई सम्मान गरेकाे छ ।

निजी तथा आवासीय विद्यालय प्याप्सन नवलपरासीको आयाेजनामा प्राविधिक, संस्कारी र गुणस्तरीय शिक्षा हाम्रो पहिचान,राष्ट्रिय शिक्षामा संस्थागत विद्यालयकाे याेगदान भन्ने शिर्षकमा भएकाे जिल्ला स्तरीय मावि तहकाे वक्तृत्व कला प्रतियोगिता प्रथम हुने छात्रा कृपा घिमिरेलाई सम्मान गरेकाे हाे ।

विद्यालयकाे अतिरिक्त क्रियाकलाप संयाेजक माया गुरूङकाे सभापतित्व र विद्यालयका प्रिन्सिपल एवम् प्याब्सन लुम्बिनी प्रदेशका सचिव धनराज चापागाईंकाे प्रमुख आतित्थ्यतामा साे सम्मान कार्यक्रम आयाेजना गरीएकाे थियाे ।

जिल्लाका १८ वटा संस्थागत विद्यालयकाे सहभागिता रहेकाे उक्त प्रतियोगितामा सुनवल यूनाइटेड इङ्लिस बाेर्डिङ्ग सेकेण्डरी स्कुलकी विद्यार्थी कृपा घिमिरे प्रथम स्थान हासिल गरेकी थिइन् ।

विद्यालयले आफ्ना विद्यार्थीलाई विभिन्न क्षेत्रमा आयाेजना हुने अतिरिक्त क्रियाकलापमा समाबेश गराउदै आएकाे र बेला बेलामा प्रशिक्षण पनि प्रदान गर्दै आइरहेकाे विद्यालयका प्रिन्सिपल चापागाईंले बताउनुभयाे ।



Ads