ताजा अपडेटः

धनगढी स्थित शिव शिखर बहुद्देश्यीय सहकारी संस्थाले बचत रकम फिर्ता गर्न नसक्दा सेवाग्राहीहरु ससङ्कित 

धनगढी स्थित शिव शिखर बहुद्देश्यीय सहकारी संस्थाले बचत रकम फिर्ता गर्न नसक्दा सेवाग्राहीहरु ससङ्कित  प्रकाशित मिति: २५ माघ २०७९, बुधबार १०:०३

प्रदिप न्याैपाने , धनगढी  ।  कैलाली धनगढीमा रहेको शिव शिखर बहुद्देश्यीय सहकारी संस्थाले बचतकार्तको रकम फिर्ता गर्न नसक्दा सेवाग्राहीहरु यतिबेला मर्कामा परेका छन् ।

उक्त सहकारीले  सेवाग्राहीहरुले बचत गरेको रकम फिर्ता गर्न नसकेको सहकारीका शेयर सदस्यले जानकारी गराएका छन् ।
शिवशिखरकै बुटवल शाखामा बचतकर्तामाथि ठगी भएकाको विषय बाहिर आएपछि त्यसको ठुलाे प्रभाव  यतिबेला कैलालीको धनगढी शाखामामा समेत  परेको  हाे  ।

दैनिक बचत, फिक्स बचतकर्तादेखि ठूलो रकम सेयर लगानी गरेका ग्राहकले आफ्नो लगानी डुब्न लागेको भन्दै रकम फिर्ता मागिरहेको बताएका छन्।
केहि दिन यता सहकारीको धनगढी स्थित कार्यालय  दिनभरि निक्षेप फिर्ता माग्ने ग्राहकको घुइँचो  लाग्न थालेपछि सहकारी कर्मचारी नै सम्पर्क बिहिन भएको सेवाग्राहीले बताएका छन् ।

साे सहकारी संस्थाका एक बचतकर्ताले नाम नखुउलाउने सर्तमा  नवलपरासी खवरका रिपाेटर प्रदिप न्याैपानेलाई पटक-पटक आफुले गरेकाे निक्षेप माग्न जादा विभिन्न बहाना बनाई रित्तैहात फिर्ता पठाउने गरेकाे दुखेकाे पाेखेका छन् ।

साथै उनले कार्यालयमा  रकम फिर्ता माग्न जादा आजभाेली कर्मचारी ज नभेटिने समस्या देखिएकाे बताउदै रकम डुब्ने जाेखिम बढेकाे  पीडा पाेखेका छन् ।
यस्तै दैनिक बचत संकलन कर्ता समेत बजारमा दैनिक रकम संकलन गर्न नजादा  आफ्नाे बचत डुब्नेमा ससङ्कित भएको देखिन्छन्।

यस विषयलाई लिएर संचारकर्मिले साेधेकाे प्रश्नमा सहकारीका सुदूरपश्चिम प्रदेशका वरिष्ठ प्रवन्धक हेमराज जोशीले भने”दैनिक जसो सयौको संख्यामा  बचतकर्ताहरु बचत फिर्ता माग्न थालेपछि  कर्मचारीहरुले असुुरक्षित महसुस गरेकाले कार्यालय जान  नसकेकाे बताउनुभएकाे छ ।

साथै वरिष्ठ प्रबन्धक जाेशीले आफू निक्षेपकर्ताकाे पैसाको ब्यवस्थापन गर्न काठमाडौ आएकाे  बताउदै  बुटवल शाखामा देखिएको समस्याले गर्दा त्यसकाे नकारात्मक प्रभाव धनगढी  शाखामा समेत परेको जिकिर गर्नुभयाे ।

यस सहकारीले दैनिक चल्ती खाता मार्फत रकम संकलन गर्दै आएको थियो।



Ads