ताजा अपडेटः

आजकाे  सेमिफाइनल खेलमा  बिग बुद्व क्लब ( राताे ) विजयी

आजकाे  सेमिफाइनल खेलमा  बिग बुद्व क्लब ( राताे ) विजयी प्रकाशित मिति: २३ माघ २०७९, सोमबार २२:४७

कल्पना खरेल, सुनवल । पश्चिम नवलपरासीकाे सुनवलमा जारी प्रथम बिग बुद्ध कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आजकाे सेमिफाइनल खेलमा बिग बुद्व क्लब ( राताे ) विजयी भएकाे छ ।

विग बुद्ध क्लबको आयोजनामा सुनवल ६ विशासय स्थित भुपु खेल मैदानमा भएकाे पहिलाे सेमिफाइनल  खेलमा याेङ्ग ब्वाइज यूवा क्लब रूपन्देहीलाई ० का विरूद्व २ गाेल गर्दै  आयाेजक टिम ( राताे ) विजयी भएकाे हाे ।

नगरप्रमुख विमला अर्याल प्रमुख आतिथ्यता एवम् प्रमुख प्रसासकिय अधिकृत भक्तिराम मरासिनी, कार्यपालिका सदस्यहरू, वडा नम्बर ६ का वडा अध्यक्ष लगाएतकाे उपस्थिति रहेकाे आजकाे खेल निकैनै राेचक,उत्कृष्ट र प्रतिस्पर्धात्मक रहेकाे थियाे ।

आजकाे खेलमा आयाेजक टम बिग बुद्व क्लब ( राताे ) का जर्सि नम्बर ७ का सुरज चाैधरी म्यान अफ द म्याच घाेषित भएका छन् ।

भाेलीकाे अन्तिम सेमिफाइनल खेल आयाेजक टिम ( निलाे ) VS नवनेपाल यूवा क्लब (दबिल्ला ) बिच  कडा प्रर्तिस्पर्धात्मक खेल हुने आयाेजक क्लबका अध्यक्ष सन्जिब लामाले बताउनुभएकाे छ ।

व्यवस्थित पार्किङ्ग,ताजा खाजाकाे व्यवस्था र फ्रि वाईफाईकाे सुविधा रहेकाे यस खुला नकआउट फुटवल प्रतियोगिताकाे खेल अवधिभर नवलपरासी खवरले आफ्नाे फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ ।



Ads