ताजा अपडेटः

पश्चिम नवलपरासीमा ठुलाे मात्रामा लेडिज कुर्ता  र ज्याकेट बरामद

पश्चिम नवलपरासीमा ठुलाे मात्रामा लेडिज कुर्ता  र ज्याकेट बरामद प्रकाशित मिति: २२ माघ २०७९, आईतवार ०९:११

कल्पना खरेल,सुनवल ।  गएराती  पश्चिम नवलपरासीको  पाल्हिनन्दन गा.पा-२ हरपुरबाट ठुलाे मात्रामा लेडिज कुर्ता  बरामद गरीएकाे छ ।

करिब राति ११ बजे ईलाका प्रहरी कार्यालय अमानिगंजबाट प्र. ब.ना.नि. राजेश भट्टराईको  कमाण्डमा खटि गएको प्रहरी टोलीले अन्दाजी  मुल्य रु १ लाख ३२,००० बराबरकाे १३२ थान लेडिज कुर्ता  बरामद गरेकाे हाे ।

त्यसैगरी प्रहरी चाैकी गेर्मीबाट प्रहरी सहायक निरीक्षक खिमानन्द पराजुलीको कमाण्डमा खटि गएको प्रहरी टोलीले गएराती १०:२०  बजे  लौहरौली स्थितमा अबैध रुपमा भन्सार छली माेटरसाईकलमा ल्याउँदै गरेको अन्दाजी मुल्य  ३५ हजार बराबरकाे १४ पिस लेडिज ज्याकेट बरामद गरेकाे छ ।

अबैध रूपमा कपडा ल्याउदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखी उक्त कपडा सोही स्थानमा छाडी मानिस मोटरसाईकल लिई फरार भएको प्रहरी नमयव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनु भएकाे छ ।

नियन्त्रणमा  लिईएका १ लाख ६७ हजार मूल्य बराबरकाे लेडिज कुर्ता र ज्याकेटलाई आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यलय पठाउने कार्य भइरहेको डिएसपी पाण्डेकाे भनाई छ  ।



Ads